काठमाडौँ । आइसीसी टी-२० विश्वकप अन्तर्गत न्यूजिल्याण्डले भारतमाथि शानदार जित हासिल गरेको छ । आइतबार सम्पन्न खेलमा न्यूजिल्याण्डले भारतलाई ८ विकेटले पराजित गरेको हो । भारतले दिएको १११ रनको लक्ष्य पछाएको न्यूजिल्याण्डले १४.३ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । न्युजील्याण्डको लागि डार्यल मिचेलले सर्बाधिक ४९ रन बान्ये भने मार्टिन गप्टिलले २० रन बनाएका थिए ।
त्यस्तै कप्तान केन विलियम्सनले अविजित ३३ रन बनाएका थिए । भारतका बलर जसप्रित बुमराहले २ विकेट लिएका थिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको भारतले २० ओभरमा ७ विकेट गुमाउदै ११० रन बनाएको थियो । न्यूजील्याण्डको अनुशासित बलिङका अगाडी भारतीय ब्याट्सम्यान खुलेर खेल्न सकेका थिएनन् ।
भारतका लागि हार्दिक पाण्डेयले सर्बाधिक २३ रन बनाए भने केएल राहुलले १८, रोहित शर्माले १४ रन बनाएका थिए । त्यस्तै ऋषव पन्तले १२ रन बनाएका थिए भने इशान किशनले ४, कप्तान विराट कोहलीले ९ रन बनाएर आउट भएका थिए । त्यस्तै रविन्द्र जडेजाले अविजित २६रन बनाएका थिए । त्यसैगरी न्यूजिल्याण्डका बलर ट्रेन्ट बोल्टले ३ विकेट लिएका थिए भने इश सोढ़ीले २ विकेट लिएका थिए । त्यस्तै टिम साउथी र एडम मिल्नेले एक एक विकेट लिएका थिए ।
योसँगै न्यूजिल्याण्डले आफ्नो दोस्रो खेलमा पहिलो जित हासिल गरेको छ । त्यस्तै भारतले भने विश्वकपमा लगातार दोस्रो खेलमा हार बेहोरेको छ । यो हरसँगै अब भारतको सेमिफाइनल यात्रा कठिन भएको छ । अब भारतले बाँकी खेल्न रहेका तीन खेल जितेपनि सेमिफाइनलमा खेल्न अन्य टिमको प्रदर्शनमा भरपर्नु पर्ने भएको छ ।








