• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

भेट्रान्स कपमा छाएका जुमनु

  •   सोमबार, कार्तिक १५, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । घरेलु मैदानमा भएको साफ च्याम्पियनसिपको तेस्रो खेलमा चिरपरिचित प्रतिद्वन्द्वी भारतविरुद्ध दोस्रो गोल गर्दै नेपाललाई २-० को अग्रता दिलाएका थिए जुमनु राईले । जुन गोलका कारण हजारौ संख्यामा प्यारापिटमा उत्रिएका समर्थकको चिच्चाहटले काठमाडाैँ उपत्यका नै गुञ्जायमान भएको आभास गराएकाे थियो ।

    नेपाल सधैँ भारतविरुद्ध जित निकाल्ने योजनामा हुन्छ । तर, भारतविरुद्धको इतिहास भने राम्रो छैन । भारत भन्ने बित्तिकै खेलाडीदेखि लिएर समर्थकमा समेत राष्ट्रिय भावना उत्पन्न हुन्छ । भारतविरुद्धको दोस्रो गोल, त्यो पनि घरेलु मैदानमा । गोलका कारण मैदानमा उपस्थित दर्शकले रमाइलो नगर्ने कुरै भएन । जुमनुको ‘सेलेब्रेशन’ समेत त्यस्तै थियो । व्यावसायिक क्लबमा समेत सहकर्मी रहेका रविन श्रेष्ठले बायाँ विंग्सबाट क्रस गरेको बललाई जुमनुले दोस्रो बारमा उत्कृष्ट फिनिस गरे ।

    सन् २०१३ को सेप्टेम्बर भारतविरुद्ध गोल गर्दाताका जुमनु आफ्नो खेल जीवनीको मुख्य लयमा थिए । यही समय तिर हो अग्रपंक्तिमा जुमनुलाई रोक्नु मुस्किलको कुरा थियो । विपक्षीलाई आफ्नो ‘बक्स’मा जुमनुलाई रोक्न धौधौ पर्ने गर्थ्याे, चाहे अन्तर्राष्ट्रिय खेल होस् या घरेलु प्रतियोगिता नै। समय फेरियो, जमाना फेरियो । उमेर बढ्दै गयो । तर, प्रतियोगिताको स्तर फेरिए पनि जुमनुको खेल स्तर भने फेरिएको छैन । काठमाडौंमा जारी पहिलो संस्करणको भेट्रान्स कपमा जुमनुले उही आफ्नो पुरानो रफ्तार दिइरहेका छन् ।

    ‘फुटबरर्स मिसन टुगेदर्स’को आयोजना जारी भेट्रान्स कपमा जुमनु प्रेरित ‘एफडी खुमलटार’ फाइनल प्रवेश गरेको छ । फाइनलसम्मको यात्रा तय गर्दा खुमलटारले चार खेल खेल्दा जुमनु एक्लैले तीन गोल गरेका छन् । भेट्रान्स कपमा समेत विपक्षीको टाउको दुखाइको विषय बनेका छन् जुमनु । फाइनल उपाधिका लागि जुमनुको खुमलटारले झापा भेट्रान्स एफसीको सामना गर्नेछ । प्रतियोगितामा ३५ वर्षका तीन खेलाडीले एक क्लबबाट खेल्न पाउने नियम छ ।

    आफू नियमित खेलिरहेको विभाग नखेलेपछि जुमनुले आफ्नो १५/१६ वर्षदेखि सँगै खेलिरहेका दाजुभाइ (अग्रजअनुज)हरूसँग मिलेर खेल्ने निर्णय गरे । जहाँ जुमनु सफल भएका छन् । ‘हाम्रो विभाग (पुलिस क्लब क्लब)ले सहभागिता नजनाएपछि मैले अग्रजहरूसँग मिलेर खेल्ने निर्णय लिए’, जुमनु भन्छन् । जुमनुले बाल्यकालदेखि नै आफूलाई सहयोग गर्दै आइरहेका अग्रजहरूले क्लब स्थापना गरेर खेल्ने बताएपछि अन्य क्लब जाने सोचाइ नै बदले । ठमेलमा रहँदै आएका नरेन्द्र लामा, कन्चन गुरुङ, मनि गुरुङ, प्रशिद्ध किरात र चेन्जिङ लामासँग सहकार्य गर्दै जुमनु खुमल्टारबाट खेल्न तयार भए । यसपछि उनले अन्य क्लब रोज्न चाहेनन् । राम्रो ‘अफर’ समेत जुमनुलाई नआएको हैन ।

    तर, जुमनु पैसामा भन्दा पनि साथी र अग्रजहरूको खुसीकै लागि क्लब स्थापना गरी भेट्रान्स कप खेल्न तयार भए । ‘अन्य क्लबबाट राम्रो प्रस्ताव आएको थियो । नचिनेका दाईहरुले यति दिन्छौं भन्दै ठूलाठूला प्रस्ताव नल्याएका हैनन् । खेल्न आइज भन्थे । तर, विभाग (नेपाल पुलिस) नखेल्ने भएपछि १५/१६ वर्षदेखि सम्बन्ध रहेका दाईहरूसँग खेल्ने निर्णय लिएँ। एक प्रकारले यो आफ्नै टिम पनि हो’, जुमनु जनातापाटीसँग भन्छन् । जारी लिगमा जुमनुले पहिलो खेलमा ललितपुरविरुद्ध दुई गोल गरेका थिए भने सेमिफाइनलमा सानो गौचरण नाइट किंग्स क्लब (एसएनकेसी)विरुद्ध एक गोल गरेका थिए । सबैको अनुमान थियो, सानो गौचरण सहजै फाइनल पुग्नेछ ।

    तर, त्यसलाई सिद्ध हुन दिएनन् उनै जुमनुले । एसएनकेसीविरुद्ध जुमनुको फिनिसिङ निकै नै उत्कृष्ट रह्यो । मैदानको बायाँ विंग्समा बल भेट्टाएका जुमनुले १८ यार्डभित्र बल पुर्‍याउँदै तीन डिफेण्डरलाई बिट गरेर राम्रो फिनिस गरे । जुमनुको गोलसँगै खेलको सात मिनेटमै खुमलटारले २-० को अग्रता बनायो । र यही अग्रता जोगाउँदै फाइनलमा स्थान बनायो । अब, फाइनल भोलि (मंगलबार) हुनेछ । जुमनुको योजना झापालाई हराउँदै उपाधि चुम्ने रहेको छ । त्यो पनि आफ्नै गोलमा । ‘फाइनलसम्म सबैको मेहनत उत्तिकै छ । प्रतियोगिता एकदमै राम्रो भयो । सबैको मेहनतले यहाँ आइपुगेका छौँ । अब, फाइनलमा समेत यही मेहनतले सफल हुने योजना छ ।

    फाइनल खेल्न उत्साहित छौँ । जित्नकै लागि खेल्छौं’, जुमनुले भने । जुमनु नेपाल राष्ट्रिय फुटबल टोलीको सुखद् विदाइकाे पर्खाइमा समेत छन् । सन् २००५ मा ब्रुनाईविरुद्ध राष्ट्रिय टिमबाट डेब्यू गरेका जुमनु सन् २०१५ भारतविरुद्ध अन्तिम खेल खेलेपछि टोलीबाहिर छन् । जुमनुले राष्ट्रिय टोलीबाट ११ गोलसमेत गरेका छन् । पुरुष फुटबलमा जुमनुको ११ गोल सर्वाधिक तीन भित्र पर्ने गर्छ । निराजन रायमाझी र हरि खड्का (समान १३ गोल ) पछि सबैभन्दा धेरै गोल गर्ने खेलाडी जुमनु हुन् । पछिल्लो साल विभागबाट शान्ति सेनामा लागेपछि जुमनु राष्ट्रिय टोली बाहिर छन् ।

    उनी चाहन्छन् एन्फाबाट एउटा सुखद् विदाइ । भेट्रान्स कपमा छाएका जुमनु अखिल नेपाल फुटबल संघ (एन्फा)ले २९ कात्तिकबाट आयोजना गर्ने शहिद स्मारक ए डिभिजन लिगको तयारीमा समेत छन् । प्रहरी नायव निरीक्षक (सई) रहेका जुमनु नेपाल पुलिस क्लबको कप्तानसमेत हुन् । ३७ वर्षीय यी खेलाडी आगामी लिगमा समेत उही प्रदर्शन दिने योजनामा छन् । गत सिजन अन्तिम खेलमा जुमनुले फ्रेण्ड्सविरुद्ध ह्याट्रिक गर्दै पुलिसलाई शीर्ष ६ मा राख्दै राष्ट्रिय लिगको लागि छनोट गराएका थिए ।

    ‘लिग खेल्ने योजनासहित तयारी गरिरहको छु । लिगको तयारीले नै भेट्रान्स खेल्न सहज भइरहेको छ । पुलिस टिम पहिलेभन्दा पनि राम्रो भएको छ । यस पटक लिगमा झनै राम्रो गर्छौं’, उनले भने ।

    चितवन जिमका सुर्जेले जिते दोस्रो मिस्टर चितवनको उपाधि
    बिसिए प्राइड लिग क्रिकेट असोज १८ देखि, खेल तालिका पनि सार्वजनिक
    दोस्रो मिस्टर चितवन असोज १६ र १७ गते, तयारी तीव्र

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.