• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

विराट कोहली :  खेलाडी महान्, कप्तानी भने ‘फ्लप’

  •   सोमबार, कार्तिक २२, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ
    काठमाडौं ।  टी-२० विश्वकप २०२१ मा भारत समूह चरणबाटै घर फर्किएको छ। उसले अब साेमबार अन्तिम खेलमो नामिबियाको सामना गर्दै छ। टी-२० कप्तानको रुपमा विराट कोहलीको यो अन्तिम खेल हुनेछ ।

    यस्तो अवस्थामा कोहली अन्तिम खेलमा सुखद् बिदा चाहन्छन्। कप्तानको रूपमा कोहलीले ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। कप्तानको रूपमा उनको प्रदर्शन पनि राम्रो रहेको छ। तर, आईसीसी प्रतियोगिताका ठूला खेलहरूमा उनको कप्तानीको चमक फिक्का भएको छ। विराटले अहिलेसम्म ६५ टेस्ट खेलमा भारतको कप्तानी गरिसकेका छन्।

    जसमा टोलीले ३८ खेल जितेको छ, जुन कीर्तिमान हो। योसँगै विराट कोहली एमएस धोनी, मोहम्मद अजहरुद्दिन पछि एकदिवसीय अन्तर्राष्ट्रियमा भारतका तेस्रो सफल कप्तान हुन् ।

    विराटले अहिलेसम्म ९५ एकदिवसीय खेलमा भारतको  कप्तानी गरेका छन्, जसमा भारतले ६५ खेल जितेको छ। यसबाहेक विराटले अहिलेसम्म ४९ टी-२० खेलमा भारतको नेतृत्व गरेका छन्।

    कप्तानको रूपमा कोहलीको  रेकर्ड

    ३३ वर्षीय कोहली टेस्ट क्रिकेटमा सर्वाधिक रन बनाउने भारतीय कप्तान हुन्। उनले अहिलेसम्म भारतका लागि ६५ टेस्ट खेलमा ५६.११ को औसतमा ५६६७ रन बनाएका छन्। यस अवधिमा उनको ब्याटले २० शतक र १७ अर्धशतक प्रहार गरेको छ।

    कोहली एकदिवसीय अन्तर्राष्ट्रियमा  धोनीपछि दोस्रो सर्वाधिक रन बनाउने भारतीय कप्तान हुन्। कप्तानको रूपमा उनले अहिलेसम्म ९५ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा ७२.६५ को औसतमा ५ हजार ४ सय ४९ रन बनाएका छन्।

    यस अवधिमा उनको ब्याटबाट २१ शतक र २७ अर्धशतक प्रहार भएका छन्। योसँगै विराट अष्ट्रेलियाका कप्तान आरोन फिन्चपछि टी-२० अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने दोस्रो खेलाडी हुन्। कोहलीले अहिलेसम्म ४९ टी-२० अन्तर्राष्ट्रियमा कप्तानको रूपमा १५७० रन बनाएका छन्।

    ‘फ्लप’ कप्तान

    विराटको कप्तानी आईसीसी टूर्नामेन्टका ठूला खेलहरूमा पूर्ण रूपमा फ्लप भएको छ। विराटाको कप्तानीमा भारत २०१७ को च्याम्पियन्स ट्रफीको फाइनलमा पाकिस्तानसँग १८० रनले पराजित भएको थियो।

    उक्त खेलमा विराट कोहलीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका थिए। त्यसको पूरा फाइदा उठाउँदै पाकिस्तानी टोलीले निर्धारित ५० ओभरमा चार विकेट गुमाएर ३३८ रन बनायो। सन् २०१९ को विश्वकपमा भारतले फेरि एकपटक उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनलमा स्थान बनायो।

    तर, निर्णायक खेलमा उनी फेरि एकपटक फ्लप साबित भए। उक्त सेमिफाइनलमा न्युजिल्याण्डसँग भारत १८ रनले पराजित भएको थियो। टेस्ट क्रिकेटमा भारतको उत्कृष्ट प्रदर्शनलाई हेर्दा, आईसीसी टेस्ट च्याम्पियनसिपको उपाधि जित्ने अपेक्षा गरिएको थियो।

    तर, साउथह्याम्पटनमा भएको फाइनल खेलमा विराटको भाग्यले फेरि धोका दिएको थियो। टस हार्नु मात्र होइन भारतले आठ विकेटले हार व्यहोरेको थियो।

    साथै, लामो समय आइपिएलमा रोयल च्यालेन्जर्स बैंग्लोरको कप्तानी गरे पनि उनको टोलीले अहिलेसम्म कुनै उपाधि जित्न सकेको छैन। यसैलाई कारण मान्दै कोहलीले आईपीएलको कप्तानी छाड्ने घोषणा गरेका छन्।

    अहिले चलिरहेको टी-२० विश्वकपमा भारतीय टोली उपाधिको दाबेदार मानिएको थियो।  तर, पाकिस्तान र न्युजिल्यान्डविरुद्धको खेलमा ब्याटिङ र बललिङ दुवैमा भारतीय टोलीको प्रदर्शन निराशाजनक रह्यो। योसँगै विराटको भाग्यले दुवै खेलमा धोका खायो र उनी टस जित्न पनि असफल भए।

    चितवन जिमका सुर्जेले जिते दोस्रो मिस्टर चितवनको उपाधि
    बिसिए प्राइड लिग क्रिकेट असोज १८ देखि, खेल तालिका पनि सार्वजनिक
    दोस्रो मिस्टर चितवन असोज १६ र १७ गते, तयारी तीव्र

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.