हेटौंडा । काठमाडौं जोड्ने छोटो दुरीको हेटौंडा भिमफेदी–कुलेखानी सडक खण्ड पहिरोका कारण अवरुद्ध भएको छ। सडक खण्ड अन्तर्गत भिमफेदी गाउँपालिका ६ गढि नजिक लेदो माटो सहितको पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। हिजो राति देखि परेको बर्षाका कारण मंगलबार बिहान बाटोको माथिबाट अचानक लेदोमाटो सहित पहिरो खस्दा दुवै तर्फी बाटो अवरुद्ध भएको र पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ। बाटो अवरुद्ध हुँदा सवारी बिच बाटोमा रोकिएका छन्।








