काठमाडौं । देशका अधिकांश भू–भागको मौसम शुक्रबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पहाडी भू–भागहरुमा आंशिक बदली रहने छ भने बाँकी भागमा सामान्यतया सफा रहनेछ ।
दिउँसो प्रदेश नम्बर १ र प्रदेश नम्बर २ का भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ । राती प्रदेश नम्बर १ र प्रदेश न २ लगायत अन्य प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।
हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली नरहेको महाशाखाले जनाएको छ ।








