• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

गौरभ र परिधिलाई तीन–तीन स्वर्ण, दुबै उत्कृष्ट खेलाडी घोषित

  •   आइतबार, कार्तिक २८, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुरमा सम्पन्न राष्ट्रव्यापी विद्यालय स्तरिय प्रथम एलटिके पौडी प्रतियोगितामा गौरभ लामा र परिधि भण्डारी समान तीन(तीन स्वर्ण पदक जितेका छन् । तीन(तीन स्वर्ण जितेका गौरभ र परिधि प्रतियोगिताभरको उत्कृष्ट खेलाडी घोषित भए ।

    पहिलो दिन एक स्वर्ण जितेका काठमाडौंका गौरभले दोस्रो तथा अन्तिम दिन थप दुई स्वर्ण जिते । उनले आज (आइतबार) १५ वर्ष माथिको ब्याक स्ट्रोकमा स्वर्ण पदक हात पारे । उनले उक्त दुरी एक मिनेट ११ दशमलव ५४ सेकेन्डमा पुरा गरे । सोही इभेन्टमा नेपालगञ्जका अजय परियारले रजत जिते । उनले उक्त दुरी पुरा गर्न एक मिनेट ४९ सेकेन्ड लगाए ।

    यस्तै आज नै गौरभले एक सय मिटर फ्री स्टाईलमा पनि स्वर्ण पदक जिते । उनले उक्त दुरी पुरा गर्न एक मिनेट एक दशमलव एक सेकेन्ड लगाए । सोही इभेन्टमा काठमाडौंका यजु महर्जनले रजत तथा नेपालगञ्जका सुमन न्यौपानेले कास्य जिते । यजुले उक्त दुरी एक मिनेट १६ दशमलव १ सेकेन्डमा पुरा गर्दा सुमनले एक मिनेट २२ दशमलव ५१ सेकेन्ड लगाए ।

    पहिलो दिन गौरभले १५ वर्ष भन्दा माथिको एक सय मिटर ब्रेस्ट स्ट्रोकमा स्वर्ण पदक जितेका थिए । उक्त दुरी पार गर्न उनले एक मिनेट १८ दशमलव ४९ सेकेन्ड लगाएका थिए । १७ वर्षीय गौरभले नेपालबाट साफ च्याम्पियनसिप समेत खेलिसकेका छन् ।

    काठमाडौंकै परिधिले महिलातर्फ १५ वर्ष माथिको एक सय मिटर फ्लाईमा स्वर्ण पदक जितिन् । उक्त दुरी पार गर्न उनले एक मिनेट ५० दशमलव ८५ सेकेन्ड लगाईन् । आज नै उनले एक सय मिटर फ्री स्टाईलमा पनि स्वर्ण जितिन् । उक्त दुरी पुरा गर्न उनले एक मिनेट ३० दशमलव ३७ सेकेन्ड लगाईन् । यस अघि उनले पहिलो दिन १५ वर्ष माथिको एक सय मिटर ब्रेस्ट स्ट्रोक महिलातर्फ स्वर्ण पदक जितेकी थिईन् । उनले उक्त दुरी एक मिनेट ४९ दशमलव ९९ सेकेन्डमा पुरा गरेकी थिईन् ।

    काठमाडौंकी अश्रेस्ता राई, काठमाडौंकै प्रारम्भ भण्डारी र नेपालगञ्जका अमित रावलले पनि समान तीन(तीन स्वर्ण जिते । पहिलो दिन एक(एक स्वर्ण जितेका अश्रेस्ता, प्रारम्भ र अमितले अन्तिम दिन थप दुई स्वर्ण जिते । अश्रेस्ताले आज ५० मिटर ब्याक स्ट्रोक र ५० मिटर फ्री स्टाइलमा स्वर्ण जितिन् । उनले ५० मिटर ब्याक स्ट्रोक ५२ दशमलव ६४ सेकेन्डमा पुरा गरिन् भने ५० मिटर फ्री स्टाइल ४४ दशमलव २९ सेकेन्डमा पुरा गरिन् । यस अघि पहिलो दिन उनले ११(१२ वर्ष उमेर समूहको ५० मिटर फ्लाईमा राईले स्वर्ण जितेकी थिईन् । उनले उक्त दुरी पुरा गर्न ४८ दशमलव ६४ सेकेन्ड लगाएकी थिईन् ।

    उता अमितले आज ११–१२ वर्ष उमेर समूहको ५० मिटर ब्याक स्ट्रोकमा स्वर्ण जिते । उनले उक्त दुरी ३७ दशमलव ७९ सेकेन्डमा पुरा गरे । यस्तै उनले आज नै ५० मिटर फ्री स्टाईलमा पनि स्वर्ण जिते । उनले उक्त दुरी पुरा गर्न ३५ दशमलव ३५ सेकेन्ड लगाए । ३९ दशमलव ८५ सेकेन्ड लगाएका नेपालगञ्जका दिवस रेग्मीले रजत तथा ५० दशमलव २९ सेकेन्ड लगाएका काठमाडौंका जोर्डन श्रेष्ठले कास्य जिते ।

    प्रारम्भले १३–१४ वर्षको एक सय मिटर ब्याक स्ट्रोकमा स्वर्ण जिते । उनले उक्त दुरी एक मिनेट १० दशमलव ९२ सेकेन्डमा पुरा गरे । यस्तै आज नै उनले एक सय मिटर फ्री स्टाईलमा पनि स्वर्ण जिते । उनले उक्त दुरी एक मिनेट ३ दशमलव १४ सेकेन्डमा पुरा गरे । यस अघि उनले पहिलो दिन एक सय मिटर फ्लाईमा स्वर्ण जितेका थिए ।

    नेपालगञ्जका बिशेष सिंहले दुई स्वर्ण र एक रजत जिते । उनले आज ९–१० वर्ष उमेर समूहको २५ मिटर ब्याक स्ट्रोकमा स्वर्ण जिते । उनले उक्त दुरी २० दशमलव ३२ सेकेन्डमा पुरा गरे । यस अघि बिशेषले आइतबार २५ मिटर ब्रेस्ट स्ट्रोकमा स्वर्ण जितेका थिए ।

    नेपालगञ्जकै सुबाङ बोहराले पनि दुई स्वर्ण र एक रजत जिते । उनले आज २५ मिटर फ्री स्टाईलमा स्वर्ण जिते । उक्त दुरी उनले १७ दशमलव ६० सेकेन्डमा पुरा गरे । आज नै उनले २५ मिटर ब्याक स्ट्रोकमा एक रजत जिते । उनले पहिलो दिन ९(१० वर्षको २५ मिटर फ्लाईमा स्वर्ण जितेका थिए ।

    काठमाडौंका रचित बुढाथोकीले दुई स्वर्ण, काठमाडौंकै जतेन श्रेष्ठले एक स्वर्ण दुई रजत, यजु महर्जनले एक स्वर्ण र एक रजत तथा जोर्डन श्रेष्ठ र ओशिन लामाले एक स्वर्ण जिते । भरतपुर महानगरपालिका ६ देवनगरस्थित लेक ट्वान्टी थाउजेन्ड फार्म एण्ड रिट्रिट ९एलटिके० हवेलीको आयोजनामा भएको प्रतियोगितामा ८ देखि १५ वर्ष उमेर समूहका पुरुष तथा महिला खेलाडीहरु सहभागी थिए ।

     

    चितवन जिमका सुर्जेले जिते दोस्रो मिस्टर चितवनको उपाधि
    बिसिए प्राइड लिग क्रिकेट असोज १८ देखि, खेल तालिका पनि सार्वजनिक
    दोस्रो मिस्टर चितवन असोज १६ र १७ गते, तयारी तीव्र

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.