हेटौँडा । जेठ २४ गते हेटौँडा–११ डाङडुङ्गेमा ३२ बर्षीया एक महिलालाई करणी गरी फरार रहेका हेटौँडा–११ नवलपुरका रामप्रसाद हुमागाईं प्रहरीले पक्राउ गरेको छ ।सुस्तमनस्थिती रहेकी उक्त महिलालाई जबरजस्ती करणी गरि फरार रहेका ६० वर्षिय हुमागाईलाई मकवानपुर प्रहरीले हेटौँडा–११बाटै पक्राउ गरेको हो ।हुमागाईले उक्त महिलालाई ललाईफकाई प्रलोभनमा पारी जबरजस्ती करणी गरेका भन्ने उजुरीको आधारमा पक्राउ गरेको मकवानपुर प्रहरीले जनाएको छ ।उनलाई अदालतबाट म्यादथप गरी आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।








