हेटौँडा । सरकारले सरकारले लकडाउन खुकुलो बनाउदै अत्यावश्यक सेवा बाहेक खाद्यान्न, तरकारी ढुवानी गर्ने सवारी बाहेक अटो, मयुरी, कार,मोटरसाइकल,स्कुटर, ट्याकटर लगायतका सवारीलाई जोर विजोर प्रणलीमा संचालन गर्नदिने निर्णय गरेसंगै मकवानपुरमा बिहिबारबाट जोर बिजोर प्रणलीमा सवारी संचालन गर्ने निर्णय गरेपछि शुक्रबार बिहानदेखी जोरबिजोरमा कडाई गरेको छ। बिषेशगरी हेटौँडा बजार भित्रिने नाका चौघडा, क्याम्पाडाँडा, चौकिटोल, राप्तीपुल, कर्रापुलमा प्रहरी र सशस्त्र प्रहरीले जोरबिजोरलाई कडाइ गरेको छ।आज बिजोर बार भएकोले बिजोर अंकका सवारीलाई संचालनकासाथै बजार प्रवेशगर्न दिइएको छ।त्यसैगरी मोटरसाइकलमा चालकमात्र रहने व्यवस्थामा प्रहरी लचक देखिएको छ।अत्यावश्यक कामले मोटरसाइकल,स्कुटरमा सवार भएकालाई पनि रोकेको छैन।जोरगते जोर सवारी विजोर गते विजोर अंकका सवारी चल्न पाउने मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुशिल सिंह राठौरले प्रष्ट खबरलाई बताएका थिए ।उनले सबैलाई निर्णय पालना गर्न अनुरोध गरेका छन ।








