• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. बिचौलियाको मारमा किसान

  • ९. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

ए डिभिजन लिग : विभागीय डर्बी बराबरीमा सकियो

  •   सोमबार, मङि्सर ०६, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत सोमबार भएको विभागीय डर्बीमा त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले १–१ गोलको बराबरी खेलेका छन् । लिगको पहिलो खेलमै साविक उपविजेता आर्मीले ३ अंक लिने मौका गुमाएको छ ।

    तीन पटकको च्याम्पियन पुलिसलाई खेल अवधिभर दबाबमा राखेको आर्मीले दोस्रो हाफको सुरुवातमै गोल खाएको थियो । आर्मीका राइट ब्याक गौतम श्रेष्ठले ५०औं मिनेटमा विपक्षी टोलीका बुद्ध बल तामाङलाई फाउल गरेसँगै पुलिसले फ्रि-किक पाएको थियो । तामाङले ५१औं मिनेटमा दायाँतर्फबाट प्रहार गरेको फ्रि-किकमा पुलिसका डिफेन्डर सन्तोष हेमरुनले हेडरमार्फत गोल गर्दै नेपाल पुलिस क्लबलाई अग्रता दिलाएका थिए ।

    त्यसको ११ मिनेट नबित्दै आर्मीका सब्स्टिच्युट खेलाडी विवेक बस्नेतले पेनाल्टी एरियाको ठिक अगाडिबाट सुन्दर बराबरी गोल फर्काएका थिए । पुलिसविरुद्ध १-० ले पछि परेसँगै पुलिसको रक्षापंक्तिमाथि निरन्तर आक्रमण गरेको आर्मीले गोलपछि पनि लगातार गोलका लागि प्रयास गरेको थियो ।

    सुरूवातमा ठूला मौका सृजना हुन नसके पनि १०औं मिनेटमा आर्मीका फरवार्ड जर्ज प्रिन्स कार्कीले पेनाल्टी एरिया बाहिरबाट गरेको प्रहार टार्गेटमा थिएन । १४औं मिनेटमा जर्ज प्रिन्स गरेको सुन्दर क्रसमा आर्मीका कप्तान भरत खवासले ६ यार्ड बक्स नजिकबाट गरेको प्रहार बाहिरिएको थियो । जर्ज प्रिन्सले बायाँतर्फबाट दिएको डेलिभरलाई कप्तान भरतले कन्भर्ट गर्न नसक्दा आर्मीले अग्रता लिने मौका गुमाएको थियो ।

    सुरुवाती २९ मिनेटसम्म आर्मीविरुद्व दबाबमा परेको पुलिसका लागि १८औं मिनेटमा सुमन लामाले करिब ३० यार्ड टाढाबाट गरेको प्रहार क्रसबारको नजिकैबाट बाहिरिएको थियो । पुलिसका अन्जन राईले २२औं मिनेटमा आर्मीका मिडफिल्डर सन्तोष तामाङमाथि खराब फाउल गर्दै फ्रि-किक दिएका थिए । तर, जर्ज प्रिन्सले १८ यार्ड बक्स ठिक अगाडिबाट गरेको फितलो प्रहारले पुलिसको डिफेन्सिभ वालसमेत पार गर्न सकेन ।

    आर्मीका सेसेहाङ आङ्देम्बेले ४३औं मिनेटमा करिब ३५ यार्ड टाढाबाट गरेको सशक्त प्रहार पुलिसका गोलकिपर सत्रुघन चौधरीले बचाएका थिए । २०७६ सालमा भएको लिगको अन्तिम संस्करणमा आर्मीले पुलिसविरुद्ध ४–२ को रोमाञ्चक जित निकालेको थियो । त्यो नाटकीय खेलको ७६औं मिनेटसम्म २–१ गोलको नतिजामा पछाडि परेको आर्मीले निर्धारित समयको बाँकी १३ मिनेटमा तीन गोल ठोकेको थियो ।

    यद्यपि, यसपालि भने कम आकेको पुलिसविरुद्ध आर्मीले तीन अंक जोड्न सकेन । यद्यपि, पुलिसले भने उपाधि दावेदार मानिएको आर्मीसँग १ अंक खोसेको छ । खेलको म्यान अफ दि म्याच आर्मीका मिडफिल्डर सेसेहाङ आङदेम्बे भए । शुक्रबारबाट सुरू भएको लिगको जारी संस्करणमा यो तेस्रो बराबरी हो । यसअघि उद्घाटन खेलमा नवप्रवेशी सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्बलले गोलरहित बराबरी खेलेका थिए ।

    यस्तै, शनिबार भएको खेलमा हिमालयन शेर्पा क्लब र संकटा क्लबले १–१ गोलको बराबरी खेलेका थिए । शनिबारको दोस्रो खेलमा थ्री स्टार क्लबले च्यासल युथ क्लबमाथि ३–० को फराकिलो नतिजामा पराजित गरेका थियो । आइतबार भएको पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लबले एपीएफविरुद्ध ३–२ तथा दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्बलले जावलाखेलमाथि १–० को संघर्षपूर्ण जित निकालेको थियो ।

    पहिलो चरणको अन्तिम खेलमा सोमबार साविक विजेता मच्छिन्द्र क्बलले न्युरोड टिम (एनआरटी)सँग खेल्ने छ । दशरथ रंगशालामै ४ः ४५ बजे सुरू हुने खेलाबाट मच्छिन्द्र  उपाधि रक्षा अभियान सुरू गर्नेछ ।

    चितवन जिमका सुर्जेले जिते दोस्रो मिस्टर चितवनको उपाधि
    बिसिए प्राइड लिग क्रिकेट असोज १८ देखि, खेल तालिका पनि सार्वजनिक
    दोस्रो मिस्टर चितवन असोज १६ र १७ गते, तयारी तीव्र

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.