• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ६. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ७. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ८. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

  • ९. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • १०. अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

कृषिमा यान्त्रिकरण : गोरु कुद्ने खेतबारीमा मिनी टेलर हलो

  •   मङ्गलबार, मङि्सर ०७, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    बागलुङ । बागलुङको काठेखोला गाउँपालिका-२ सिम निवासी थमबहादुर आलले यसवर्ष गहुँ छर्ने मेलो जोत्न मिनी टेलर हलोको प्रयोग गरे । छोराहरू जागिरको सिलसिलामा घर बाहिर भएको हुँदा उनले पाल्दै आएको हल गोरु बेचेर जोत्नलाई मिनी टेलर प्रयोग गरेका हुन् ।

    विगतका वर्षहरूमा खेतीपातीको लागि उनको कृषि समूहमा एक हल गोरु थियो । यसवर्ष दुवै जनाले गोरु बचे । जोत्ने विकल्पको रूपमा मिनी टेलरलाई रोजे । ‘घरमा केटाकेटी छैनन्, बुढाबुढीले के-के पाल्ने’, आलेले भने, ‘छिटो मिठो मिनी टेलर हुनेरैछ ।’ खनजोतको दुःख, खेतालालाई खाजा सबै खर्चको जोडजाम गर्दा गोरुको प्रयोगभन्दा मिनी टेलर सस्तो पर्ने उनको भनाइ छ ।

    गाउँमा घण्टाको ६०० रुपैयाँ तिरेर जोत्ने गरेको सोही गाउँकी कौशिला विकले बताइन् । गाउँमा सीमित कृषकहरूले मात्रा गोरु पालेको हुँदा मिनी टेलर नै उक्त विकल्प भएको विकको भनाइ छ । ‘अहिले गोरु पाउनै मुस्किल छ’,  विकले भनिन्, ‘गोरुले नै जोत्ने गरी पर्खने हो भने समय ढल्किन्छ ।’

    अहिले गाउँगाउँका खेतबारीमा हल गोरुभन्दा मिनी टेलर हलोको प्रयोग देख्न सकिन्छ । काम गर्न छिटो, सजिलो र सस्तो हुनुका साथै कम जनशक्तिमा धेरै काम गर्न सकिने हुँदा प्रविधि प्रयोगमा कृषकहरू आर्षित भएका छन् ।

    ‘गोरुको प्रयोग गरेर गहुँ छर्दा जोत्ने र खन्ने गर्नुपर्छ’,  विकले भनिन्, ‘मिनी टेलरले जोत्दा खन्नु पर्दैनन्, माटो मसिनो बनाएर जोत्ने रैछ ।’

    कृषि ज्ञान केन्द्र बागलुङले पनि कृषिमा यान्त्रिकरणमा जोड दिएको छ। कार्यालयले गतवर्ष जिल्लाभरका ४१ जना कृषकलाई ५० प्रतिशत अनुदानमा मिनी टेलर हलो वितरण गरेको थियो । चालु आर्थिक वर्षमा पनि कृषि यान्त्रिकरण शीर्षकमा १५ लाख रुपैयाँ विनियोजन भएको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत कुमार पुनले जानकारी दिए ।

    कृषकको आवश्यकताको आधारमा आवश्यक कृषि औजार वितरण गरिने उनले बताए । योवर्ष २६० वटा आवेदन परेका छन् । उक्त आवेदनको आधारमा आवश्यकता हेरी कृषि औजार वितरण गर्ने उनको भनाइ छ । युवा जनशक्ति विभिन्न कारणले गाउँ बाहिर भएपछि गाउँघरमा मिनी टेलर हलोको माग बढी हुने उनले बताए ।

    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने
    विदेशी फूलको आयात रोक्न किसानको माग
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको

    • ६.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    भर्खरै

    • १.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • २.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ४.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    • ७.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • ८.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.