हेटौंडा । मकवानपुरका यातायात व्यवसायीले कोरोनाबाट यातायात क्षेत्रले भोगेको समस्या समाधानका लागि मकवानपुरका राजनैतिक दललाई ज्ञापनपत्र बुझाएको छ । पुरानो नारायणी यातयात कम्पनी प्रा.ली.(नारायणी यातायात ब्यबसायी संघ) का अध्यक्ष हिरालाल श्रेष्ठले नेकपा मकवानपुरका अध्यक्ष मुनु सिग्देल र सचिव प्रेमबहादुर पुलामी, नेपाली कांग्रेसका कार्यवाहक सभापति विष्णु लामिछाने र सचिव बुद्ध लामालाई ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा ढुवानी सेवालाई अनिवार्य भ्याटमा लानुपर्ने प्रावधानलाई हटाउने गतबर्षको सहमती कार्यान्वयन हुनुपर्ने, लकडाउन अबधिको राजश्व मिनहा, जरिवाना तथा थप दस्तुर छुट गर्नुपर्ने, किस्ताको पुर्नर तालिका गर्नु पर्ने लगायतका माग राखिएको छ । कार्यक्रममा अध्यक्ष हिरालाल श्रेष्ठ, महासचिव सरोज खनाल, पूर्वअध्यक्ष बद्री चौलागाई लगायत यातायात व्यवसायीहरुको सहभागिता रहेको थियो ।








