• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

सहिद स्मारक लिगस् दोस्रो चरणअघि के भन्छन् प्रशिक्षक ?

  •   बिहिबार, मङि्सर ०९, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगको दोस्रो चरणका खेलहरु शुक्रबार ९भोलि०बाट सुरु हुँदै छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना जारी लिगको दोस्रो चरणका खेलहरू शुक्रबार सुरू भई सोमबार समाप्त हुनेछ । एक चरणमा ७ खेल हुनेछन् ।

    पहिलो दिन दुई खेल हुनेछ । दिउसो १ बजे सुरू हुने खेलमा सातदोबाटो युथ क्लबले थ्री स्टार क्लबविरुद्ध खेल्नेछ । साँझ पौने ५ बजे हुने दोस्रो खेलमा संकटा क्लबले फ्रेण्ड्स क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

    दोस्रो दिनसमेत दुई खेल हुनेछ । पहिलो खेलमा च्यासल युथ क्लब र एपीएफ फुटबल क्लब भिड्दा हिमालयन शेर्पा क्लब र मनाङ मर्स्याङ्दी क्लब आमनेसामने हुनेछन् । तेस्रो दिनको एक मात्र खेलमा जावलाखेल युथले नेपाल पुलिस क्लबविरुद्ध खेल्नेछ ।

    दोस्रो चरणको अन्तिम दिन दुई खेल हुनेछ । पहिलो खेलमा व्रिगेड ब्वाईज क्लब र न्युरोड टिम एनआरटी आमनेसामने हुँदा दोस्रो चरणको अन्तिम खेलमा साविक उपविजेता त्रिभुवन आर्मी फुटबल क्लबले साविक विजेता मछिन्द्र फुटबल क्लबको सामना गर्नेछ ।

    दोस्रो चरणको पूर्व सन्ध्यामा एन्फाले पत्रकार सम्मेलन गरेको थियो । १४ क्लब सहभागी लिगमा पाँच क्लबका प्रशिक्षक पत्रकार सम्मेलनमा उपस्थिति नै जनाएनन् ।

    साविक उपविजेता त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस, न्युरोड टिम एनआरटी, संकटा क्लब र ब्रिगेड ब्वाईज क्लबका प्रशिक्षक अनुपस्थित रहे । बाँकी ९ टोलीका प्रशिक्षकले भने दोस्रो चरणमा आफ्ना विपक्षी टोलीविरुद्ध जित निकाल्ने रणनीति सुनाए ।

    खेलअघि उपस्थित नौ क्लबका प्रशिक्षकको भनाइ

    १‍. मेघराज केसी
    प्रशिक्षक, सातदोबाटो युथ क्लब

    हाम्रो विदेशी कोटाको दक्षिण अफ्रिकी खेलाडी देशै फर्किनु पर्ला जस्तो छ । भोलि ९थ्री स्टारविरुद्ध० तीन अंककै लागि खेल्छौं । प्रत्येक खेल हामी तीन अंकका लागि खेल्छौँ । अस्तिको खेल ९थ्री स्टारविरुद्ध च्यासल० हेर्दा सबै गोल डिफेन्डरबाट आएको हो । उनीहरू पनि सेट नभइसकेको हुन सक्छ ।

    २‍. उर्जन श्रेष्ठ
    प्रशिक्षक, थ्री स्टार क्लब

    सातदोबाटोविरुद्ध अस्ति ९च्यासलविरुद्ध० देखिएको ‘फ्रन्टलाइन’को समस्या समाधान हुन्छ । तयारी समय पाएका छौं । पहिलो खेलबाट ‘अट्याकिङ थर्ड’मा हामीले स्कोर गर्ने अवसर निकाल्न सकेनौं । सबै विपक्षी टोली बलिया छन् । हरेक खेल फाइनल सोचेर खेल्छौं । हामी आफ्नो खेल खेल्छौं ।

    ३. मृगेन्द्र मिश्र
    प्रशिक्षक, फ्रेण्ड्स क्लब

    दोस्रो चरणमा राम्रो खेलाडीले रातो कार्ड पाएको छ । हामीलाई घाटा भएको छ । तयारी राम्रो छ । फुटबल हो, स्कोर निकाल्नु पर्‍यो । भोलि हामी स्कोर निकाल्ने कोसिस गर्छौैं । पहिलो चरणमै भनेको छु । फ्रेन्ड्सको लक्ष्य भनेको लिगमा बच्ने नै हो । भोलि ९संकटाविरुद्ध० जितका लागि खेल्छौं । लिगमा तीन बराबरीलाई एक जितले जित्छ । त्यसैले हामी भोलि जितका लागि खेल्छौं ।

    ४‍. रत्न काजी महर्जन
    सहायक प्रशिक्षक, एपीएफ फुटबल क्लब

    अस्ति (ब्रिगेड ब्वाइज क्लबविरुद्ध) हामीले अन्तिम समयमा गोल खाएर हार्न पुग्यौं । च्यासल राम्रो टोली छ । पहिलेको कमजोरी सुधारेर तयारी पनि गरेका छौं ।

    ५. आशिष थापा मगर
    सहायक प्रशिक्षक, च्यासल युथ क्लब

    थ्री स्टारसँग जित्नका लागि खेलेका थियौं । हार्न पुग्यौं । ‘ब्याड लक’ सबै गोल ‘सेट पिस’मा भएका थिए । एपीएफविरुद्ध जित्नको लागि खेल्ने हो । मनोबल उच्च छ । डिसेम्बरपछि सन्तोष साहुखल आउँछन् ।

    ६। राजेन्द्र तामाङ
    प्रशिक्षक, मनाङ मस्र्याङ्दी क्लब

    पहिलो खेल (जावलाखेलविरुद्ध) त्यति राम्रो लागेन । सन्तुष्ट छैन । आफैँले हेर्दा पनि सन्तोषजनक थिइन् । जावलाखेललाई नराम्रो भनेको होइन । जावलाखेल पहिलेदेखि नै राम्रो लाग्छ । हिमालयन शेर्पाविरुद्ध अस्ति (जावलाखेलविरुद्ध) जसरी हुँदैन । अस्ति हामीले हतार गरेर आक्रमण गर्‍यौँ । हिमालयन शेर्पाको खेल्ने शैली फरक छ । उनीहरू ‘ब्यालेन्स’ गरेर खेल्छन् ।

    ७‍. किशोरकुमार केसी
    प्रशिक्षक, जावलाखेल युथ क्लब

    पुलिससँग छ । गर वा मर को अवस्थामा छौं । जसरी मलाई तीन अंक चाहिएको छ । त्यसका लागि म जुनसुकै औजारलाई प्रयोग गर्छु । विगतलाई विश्वास गर्दिनँ ।

    ८‍. प्रवेश कटुवाल
    मछिन्द्र फुटबल क्लब

    हामीले सबै तयारी गरेका छौं । ‘भाइटल म्याच’ छ । केही बाँकी छ, तर लगभग सबै तयारी भएको छ । आर्मीसँग तीन अंक लिन सक्यौं भने लिग उपाधि होडमा सजिलो हुनेछ । आर्मी सधैं दाबेदार हो, सबैलाई आदार गर्नुपर्छ । आमीले ४(५ वर्षदेखि एउटै सेट टिम खेलिहरेको छ । पहिलो खेलको प्रदर्शनबाट खुसी छु ।

    ९‍. युगल किशोर राई
    प्रशिक्षक, हिमालयन शेर्पा

    हामी ‘सिस्टम’लाई फलो गर्छौं । अभ्यास पनि हामीले गरेका छौं ।

     

    चितवन जिमका सुर्जेले जिते दोस्रो मिस्टर चितवनको उपाधि
    बिसिए प्राइड लिग क्रिकेट असोज १८ देखि, खेल तालिका पनि सार्वजनिक
    दोस्रो मिस्टर चितवन असोज १६ र १७ गते, तयारी तीव्र

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.