हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडाको २ स्थानमा ट्राफिक आइलेण्ड निर्माण गरिएको छ। हेटौँडा बजारको मुख्यचोक सिमाचोक र जिल्ला ट्राफिक प्रहरी कार्यालय थानाभयाङ मा गरेर २ स्थानमा ट्राफिक आइलेण्ड निर्माण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक हरि विष्णु ढकालले जानकारी दिएका छन्।विश्वकर्मा सिमेन्टको सहयोग र ट्राफिक प्रहरी प्रमुख ढकालको पहलमा हेटौँडा २ स्थानमा ट्राफिक आइलेण्ड निर्माण गरिएको हो।देशका मुख्य शहरमा निर्माण गरिएको ट्राफिक आइलेण्ड लामो समयदेखि प्रयासपछि प्रदेशको राजधानी हेटौँडामा निर्माण गर्न सफल भएको मकवानपुर ट्राफिक प्रहरी प्रमुख ढकालले बताएका छन्। हेटौंडाको सवारी चाप रहने यि स्थानमा ट्राफिक आइलेण्ड निर्माणले सुरक्षित तरिकाले ट्राफिक व्यवस्थापनमा सहयोग मिल्ने ढकालले बताएका छन्।








