• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. बिचौलियाको मारमा किसान

  • ९. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

ए डिभिजन लिगकाे चौथो चरण खेल आजबाट : मनाङ र फ्रेण्ड्स तथा च्यासल र आर्मी भिड्दै

  •   शुक्रबार, मङि्सर २४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाठौं । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत चौथो चरणका खेलहरू आज शुक्रबारबाट सुरू हुँदै छ । शुक्रबार दशरथ रंगशाला पहिलो दिन दुई खेल आयोजना हुँदै छ। पहिलो खेलमा फ्रेण्ड्स क्लबको सामना गर्दा मनाङ मर्स्याङदी क्लब स्पष्ट तीन अंक जोड्दै शीर्ष स्थानमा फर्कन चाहन्छ । खेल दिउँसाे १ बजे सुरू हुनेछ ।

    तीन खेलमा दुई जित र एक बराबरीको नतिजापछि मनाङ सात अंकसहित तेस्रो स्थानमा छ । समान खेलमा समान सात अंक जोडेको सातदोबाटो युथ शीर्ष स्थानमा छ भने साविक विजेता मच्छिन्द्र पनि समान सात अंक जोड्दै दोस्रो स्थानमा छ ।

    पहिलो दुई खेलमा क्रमशः जावलाखेल युथ क्लब र हिमालयन शेर्पा क्लबमाथि समान १-० को जित  हात पारेको मनाङ तेस्रो खेलमा भने संकटासँग हारको संकटबाट उम्किएको थियो । दुई पटक पछि परेको मनाङले इन्जुरी समयमा गोल फर्काउँदै हारको टारेको थियो ।

    फ्रेण्ड्सले भने लिगमा जितको स्वाद चाख्न पाएको छैन । तीन खेलमा फ्रेन्डसको मात्र दुई अंक छ ।

    पहिलो खेलमा सातदोबाटोसँग गोलरहित बराबरी खेलेको फ्रेण्ड्स दोस्रो खेलमा ब्रिगेड ब्वाइज क्लबसँग पराजित भएको थियो । तेस्रो खेलमा भने फ्रेन्डसले उपाधि दाबेदार थ्री स्टारसँग अंक बाँडेको थियो । त्यसैले फ्रेण्ड्स मनाङविरुद्ध मैदानमा उच्च मनोबलका साथ उत्रनेछ ।

    यता, पौने ५ बजे सुरु हुने दोस्रो खेलमा च्यासल युथ क्लब र त्रिभुवन आर्मी फुटबल क्लब प्रतिस्पर्धा गर्नेछन् ।  च्यासल युथ क्लबको सामना गर्दा त्रिभुवन आर्मी फुटबल क्लब जित यात्रा कायम राख्न चाहन्छ ।

    पहिलो खेलमा विभागीय डर्बीमा नेपाल पुलिस फुटबल क्लबसँग १-१ को बराबरी खेलेको आर्मीले दोस्रो खेलमा साविक विजेता मच्छिन्द्र क्लबसँग गोलरहित बराबरी खेलेको थियो ।

    तेस्रो खेलमा आर्मीले ब्रिगेड ब्वाइज क्लबलाई १-० ले हराउँदै लिगमा पहिलो तीन अंक जोडेको थियो । तीन खेलमा चौथो स्थानमा बसेको आर्मीको पाँच अंक छ ।

    त्यसैले च्यासलको सामना गर्दा आर्मी जितकाे लय कायम गर्ने लक्ष्यमा हुनेछ । च्यासलको भने तीन खेलमा मात्र चार अंक छ । पहिलो खेलम थ्री स्टार क्लबसँग १-० ले स्तब्ध भएको च्यासलले दोस्रो खेलमा एपीएफमाथि १-० को जितसहित लिगमा पहिलो तीन अंक जोडेको थियो ।

    तेस्रो खेलमा भने अग्रता जोगाउन नसक्दा च्यासलले न्युरोड टिम एनआरटीसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको थियो ।

    चितवन जिमका सुर्जेले जिते दोस्रो मिस्टर चितवनको उपाधि
    बिसिए प्राइड लिग क्रिकेट असोज १८ देखि, खेल तालिका पनि सार्वजनिक
    दोस्रो मिस्टर चितवन असोज १६ र १७ गते, तयारी तीव्र

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.