• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक १५, २०८३
☰
आइतबार, कार्तिक १५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ३. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

पढाउँदै उद्यमी वन्न सिकाउदै वोस्टन कलेज, उत्कृष्ट उद्यमी चन्दनले पाए २ लाख

  •   शनिबार, मङि्सर २५, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनको भरतपुर १० मा छ बोस्टन इन्टरनेशनल कलेज । शुक्रवार साँझ उक्त कलेजको हलमा उद्योगी व्यवसायीहरुको वाक्लो उपस्थिती थियो । साथै प्राज्ञ एवम विषय विज्ञहरुले समेत हल भरिएको थियो भने विद्यार्थी र प्राध्यापकहरुको समेत राम्रै सहभागीता देखिन्थ्यो ।

    उक्त हलको मञ्चमा पुगीन् सामान्य किसान परिवारमा जन्मिएकी रोजा सुवेदी । रोजा सोही कलेजको ‘व्यचलर फस्ट इएरको विविए विआई’ पढ्दैछिन् । तर उनको हिम्मतले उनलाई सफल उद्यमी वन्ने मार्गमा डोर्याइसकेको छ । सोही मञ्चमा पुगेर उनले सुरु गरेको ‘टिम आरसी’ नामको व्यवसाय बारे बताइन् । कुनै कार्यक्रमका लागि हल डेकोरेसन गर्ने देखिको कार्यमा उनी व्यस्त हुन्छिन् । साथीको विहेमा एक दिनको ६० हजार लिएर अरु कसैले डेकोरेशन गरेको थाहा पाएपछि उनले उक्त मूल्यभन्दा सस्तोमा सोही सेवा दिन सकिन्छ भन्ने लागेर व्यवसाय सुरु गरेको बताइन् । अहिले विशेष गरी विहेको डेकोरेश जसमा हल्दी, ईन्गेजमेन्ट र विवाहकै दिन लाई सजाइदिएको उनले ५५ हजारमै सेवा दिने गरेकी छिन् ।

    उनी पछि मञ्चमा उक्लीए चन्दन विश्वकर्मा । बोस्टनमै बिबिए अध्ययन गरिरहेका उनले गैँडाकोटको काँग्रेस चोकमा ‘द फिटफेशन जीम’ स्थापना गरेर सेवा दिन थालेका छन् । सोही व्यवसायको उनले मञ्चमा प्रस्तुती दिए । तीन महिना भयो उनले व्यवसाय सुरु गरेको । मानिसहरुलाई शारिरीक तन्दुरुस्त राख्न र शरिरको तौल घटाउने देखि स्थानीय ठाउँमा आवश्यक सेवा दिइरहेका छन् ।

    यसरी अध्ययनकै शिलशिलामा उद्यमी वन्ने क्षमता र आत्मविश्वास जगाएको हो कलेजको उद्यमी विकास विभागले । जसको प्रमुख प्रेम गैरे छन् । देशभर शैक्षिक बेरोजगार बढ्दै गएको तितोसत्यलाई अंगाल्दै कलेजले अध्ययन गरेर जागिर मात्रै खोज्ने नभई जागिर दिने क्षमता बढाउने गरी यो विभाग खोलेर विद्यार्थीको चाहाना अनुसार सीप, तालिम र आत्मविश्सास जगाइरहेको गैरेले बताए । त्यसका लागि स्किलल्याव नेपालसँग सम्झौतानै गरेको छ भने कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरसँग पनि सोही अनुसारको सम्झौता रहेको गैरेले बताए ।

    विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै बजारमा नयाँ तरिका प्रयोग गरी उद्यमी बनाउन सके पढेपछिको बेरोजगार हुनुनपर्ने र देशको विकासमा समेत टेवा पुग्ने उनको भनाई छ । ६ महिना अघिदेखि तालिम लिएका विद्यार्थीहरुले शुक्रवार भएको उद्यमी विकास कार्यक्रममा त्यसरी आफ्नो व्यवसायको प्रकृति,आम्दानी,खर्च नाफा, दिने सेवा र विज्ञापन गर्ने माध्यम लगायका विषयमा विद्यार्थी आफैले प्रस्तुती दिएका थिए ।

    त्यसरी प्रस्तुती दिनेमा विष्णु भट्टराई जसले रंगीन जिन्दगी नामको व्यवसायवारे बताए भने नारायण पाण्डेले साइन अपको बारेमा बताएका थिए । यसरी चार जनाले दिएको प्रस्तुतीमा सर्वोत्कृष्ट बने चन्दन विश्वकर्मा । जसले २ लाख नगद पुरस्कार समेत प्राप्त गरेका छन् । उक्त रकमले आफ्नो व्यवसाय बढाउने विश्वकर्माले बढाए । सैद्धान्तिक सीपसँगै व्यवसायीक ज्ञान पाउँदा पढ्नुको सार्थकता रहने उनको भनाई थियो ।

    कार्यक्रममा प्रमुख अतिथि विश्वविद्यालयका रजिष्ट्रार डा. शारदा थपलियाले अव विद्यार्थीलाई कृषि उत्पादनमा जोड्नुपर्ने र कलेजले गरेको कार्य स्रह्रानीय रहेको बताइन् । अव रिसर्चको पाटोमा पनि नेपाली व्यवसायी उद्योगीले रकम खर्च गर्नुपर्ने र यसले व्यवसाय बढाउन थप मद्दत मिल्ने उनको भनाई थियो । इन्डस्ट्रि र एकेडेमिलाई एउटै मञ्चमा ल्याउन गरेको पहल राम्रो भएको र अन्य विद्यालय तथा कलेजले यो सिको गर्न जरुरी रहेको थपलियाको भनाइ थियो । कार्यक्रममा चितवन उद्योग संघका उपाध्यक्ष युगराज वस्ती,डोल्मा इम्पाक्ट फण्डका सन्दीप श्रेष्ठले निर्णायकको भूमिका निभाएका थिए ।

    कार्यक्रममा उद्योग संघका अध्यक्ष त्रिलोचन कडेँल, पूर्व अध्यक्ष राजु पौडेलले विद्यार्थीको नयाँ आइडीयासँग उद्योगीहरु जोडिनु पाउने सकारात्मक कार्य भएको र यसले उद्योगलाइ आवश्यक पर्ने जनशक्ति र कलेजको कोर्ष सँग तालमेल मिलाउन सकिने बताए । साथै नयाँ उद्यमीहरुलाई सकेको सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।

    कार्यक्रममा बोल्दै कलेजका अध्यक्ष आनन्द बहादुर चन्दले स्नातक पूरा गरेपनि युवाहरु जागिर समेत नपाउने गरेको र यसले शिक्षाप्रतिनै विकर्षण हुने खतरा रहेको भन्दै सैद्धान्तिक ज्ञान र व्यवहारिक सीप सँगै जाड्न आवश्यक भएर कलेजले कार्यक्रमलाई निरन्तरता दिएको बताए ।

    स्किलल्यावले विद्यार्थीहरुसँग नयाँ आइडियाको खोजी गर्ने र सम्भव र सम्भावना हुने आइडियालाई व्यवहारमा पुर्याउन तालिम दिन सुरु गर्ने गर्दछ । इन्नोभेसन एण्ड स्टाटेजीका म्यानेजर शिरीजङ्ग हाङ्ग राईले पाँच महिनाको तयारीमा विद्यार्थी उद्यमी बन्न सकेको बताए । बोष्टन मात्रै नभई अव अन्य कलेजसँग पनि सम्झौता गरेर यो कार्यक्रम गर्दै जाने उनले बताए ।

    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ३.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.