• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक १५, २०८३
☰
आइतबार, कार्तिक १५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

भोलिदेखि मानवसेवा आश्रम चितवनको भवन निर्माणार्थ महायज्ञ

  •   शनिबार, मङि्सर २५, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । मानव सेवा आश्रम चितवनको भवन निर्माणार्थ भोलि (आइतबार) देखि श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञ सुरु हुँदैछ । भोलिदेखि सुरु हुने महायज्ञको तयारी पुरा भएको शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराईएको छ । महायज्ञको समाजसेवी तथा जग्गादाता स्वर्गीय भगवानदास श्रेष्ठकी श्रीमती कल्याणी श्रेष्ठले उद्घाटन गर्नेछिन् । उद्घाटन अघि बिहान ११ बजे नारायणी किनारबाट कलश यात्रासहित नगर परिक्रमा गरिनेछ । महायज्ञमा विहान साढे सात बजेदेखि पाठपूजा सुरु हुनेछ ।

    भने ११ बजेदेखि दिउँसो ४ बजेसम्म कथा प्रवचन, ४स्३० बजे प्रसाद ग्रहण र बेलुका ७ बजेदेखि ९ बजेसम्म सन्ध्याकालीन भजन हुने कार्यतालिका रहेको छ । महायज्ञ सम्पन्न गर्न ३५ लाख रुपैयाँ खर्च हुने अनुमान रहेको आश्रमका संस्थापक रामजी अधिकारीले बताए । महायज्ञलाई सफल बनाउन धार्मिक, सामाजिक, राजनीतिक क्षेत्रका व्यक्तिहरु, राष्ट्रसेवक र विद्यार्थीहरुको पनि उल्लेखनिय सहभागिता हुने विश्वास गरिएको छ । महायज्ञमा हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, मनोज गजुरेल लगायतको पनि उपस्थित हुनेछन् ।

    उक्त महायज्ञमा १० करोडसम्म आर्थिक संकलन गर्ने लक्ष्य राखिएको छ । संकलन भएको रकम भवन निर्माणमा प्रयोग गरिने र बाँकी रहेको रकम अक्षयकोषमा जम्मा गरीने अधिकारीले बताए । महायज्ञ सफल बनाउन संरक्षण समिति, सल्लाहकार समिति, पदेन सदस्य सहितको मूल आयोजक समिति निर्माण गरिएको छ । आश्रमको सेवामा समर्पित अभियन्ताहरुको समूहबाट सचिवालय सदस्य गठन गरिएको छ । भरतपुरका २९ वटै वडा अन्तर्गत रहेका टोल बिकास संस्थामार्फत घरघरमा निमन्त्रणा पठाईएको छ ।

    निर्माणाधिन भवनलाई पूर्णता दिएर आश्रमलाई हालको भाडाको घरबाट आफ्नै घरमा स्थानान्तरण गरिनेछ । भवन निर्माणका लागि भरतपुर ३ बेलचोकका स्वर्गीय समाजसेवी भगवानदास श्रेष्ठले ६ कठ्ठा र उनका दाजु प्रेमकुमार श्रेष्ठले २ गरी ८ कठ्ठा जग्गा दान गरेका थिए । सोही जग्गामा आश्रमको भवन निर्माण हुँदैछ ।आश्रममा हाल ६५ जना आश्रित रहेका छन् ।

    आश्रमले हालसम्म ६५९ जनालाई सेवा प्रदान गरेको छ । जसमध्ये २८६ जनाको पारिवारिक पुनर्मिलन भएको छ । यस्तै ५२ जनाको सामुदायिक पुनस्र्थापना तथा १९२ जना उपचार पश्चात स्वेच्छाले आश्रमबाट गएका छन् । हालसम्म आश्रमको संरक्षणमा रहँदा ९३ जनाको निधन भएको छ ।

    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.