हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आगामी साताबाट विद्युतीय राहदानी (ई–पासपोर्ट) जारी गर्ने बताएको छ । अहिले प्रशासनको राहदानी विभागमा पासपोर्टसम्बन्धी कुनै काम भएको छैन ।
सरकारले नयाँ ई–पासपोर्ट लागू गरेसँगै मकवानपुरबाट पनि ई–पासपोर्ट जारी गर्न लागिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । आगामी साताको सोमबारबाट मकवानपुरमा ई–पासपोर्ट जारी हुने मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरमणि पाण्डेले जानकारी दिए । त्यसको लागि तयारी भइरहेको छ ।
ई–पासपोर्टका लागि आवेदन दिन राष्ट्रिय परिचयपत्रको नम्बर अनिवार्य आवश्यक पर्दछ । यसअघि मकवानपुरको विभिन्न स्थानीय तहका वडाहरुमा राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन भएपनि त्यसमा छुटेकाहरुले प्रशासनभित्रैबाट राष्ट्रिय परिचयपत्रका लागि विवरण टिपाउन सक्नेछन् ।








