हेटौंडा । बिहीबारदेखि सुरु गरेको गाँजा र अफिम खेती नष्ट गर्ने नेपाल प्रहरीको अभियान अन्तर्गत मकवानपुरमा १४ बिगाहा अफिम र ५ बिगाहा गाँजा खेती नष्ट गरिएको छ ।
लागुऔषध गाँजा खेती नष्ट गर्ने अभियान अन्तर्गत बागमती प्रदेश दंगा नियन्त्रण प्रहरी गण हेटौडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले मकवानपुरको राक्सिराङ गाउँपालिकामा अफिम र गाँजा खेती नष्ट गरेको हो ।
पालिकाको वडा नं ४ अन्तर्गत राक्सिराङ र डुमदार स्थितको वडा एरियाहरुमा अबैध रुपमा लगाईएको १४ बिगाहा अफिम र ५ बिगाहा लागुऔषध गाँजा खेती फडानी गरी नष्ट गरीएको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।








