हेटौंडा। नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रले आजबाट ५ दिन मनहरी र राक्सिराङमा ४ घण्टा बत्ती कटौती हुने जनाएको छ।
वितरण केन्द्रले आइतबार एक सुचना जारी गर्दै हेटौंडा-भरतपुर,बर्दघाट २२० के भी प्रशारण लाइन आयोजनाको मनहरी प्यान्चे नजिक एपी १०/०देखी १०/१ डिडि टाइप टावरमा तार तान्ने काम भएकोले उक्त स्थानमा युनिलिभर फिडरको ब्रान्च काटेर काम गर्नुपर्ने भएकोले पुस ५ गतेबाट ९ गतेसम्म मनहरी र राक्सिराङ र कैलाशका केही स्थानमा विद्युत कटौती हुने जनाएको छ।









