हेटौँडा। हेटौँडामा शुक्रबार साँझ परेको चट्याङ लागेर एक महिला गम्भीर घाइते भएकी छिन्। चटयाङ लागेर हेटौँडा १३ की बनस्पती बस्ने ३५ बर्षीया रिता धमला गम्भिर घाईते भएकी जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी इन्द्र बहादुर रानाले बताएका छन्। गम्भीर घाइते भएकी उनको हेटौँडा अस्पतालमा उपचार संभव नभएपछि थप उपचारको लागि चुरेहिल अस्पतालमा लगिएको जनाइएको छ। धमलालाई घरमा बसिरहेको अवस्थामा चट्याङ लागेको थियो।








