हेटौंडा । हेटौंडा-६ मा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले समूहको क्षेत्रमा रहेको विपिगणेशमान स्मृति शान्ति पार्क परिसरमा शनिबार बृक्षारोपण गरेको छ । हेटौंडा उपमहानगरपालिकाकी उपप्रमुख मिना लामाले बृक्षारोपणको शुभारम्भ गरेकी छिन् । हेटौंडा(६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईं, वडा सदस्य राजकुमार बास्तोला, वन समूहका अध्यक्ष कृष्ण विडारी, कार्यक्रम संयोजक केशव धिताल, पार्कका कार्यसमिति र उपभोक्ताले संयुुक्त रूपमा बृक्षारोपण गरेका छन् । डिभिजन वन कार्यालय मकवानपुरको ३ लाख रूपैयाँ र वन समूहको २५ हजार ३ सय रूपैयाँको लगानीमा आँप, लिच्ची, कटहर, धुपि, अशोक, अम्रिसो, कुरिलो, रूद्राक्ष, पलाँस गरि ३ हजार ५ सय बिरुवा रोपिने कार्यालय सचिव भीमसेन पौडेलले जानकारी दिए ।








