कालिका । मह र कुटबाट उत्पादन गरिएका औषधिजन्य पदार्थबाट विभिन्न रोगको उपचार गर्ने गरी पूर्वी चितवनको कालिका नगरपालिकामा क्लिनिक सञ्चालनमा ल्याएएको छ । स्थानीय किशोर ब्लोन र उनकी श्रीमति मिलन तामाङ वडा नं ३ चाइनाटाउनमा न्यू लाइफ क्लिनिक सञ्चालनमा ल्याएका हुन । सो क्लिनिकको शुक्रवार औपचारिक उद्घाटन गरिएको छ ।
बैकल्पिक उपचार पद्दती अबलम्बन गर्ने गरी सो क्लिनिक सञ्चालनमा ल्याइएको हो । मह र महसंग जोडिएका बस्तुहरुबाट उत्पादन गरिएको रोयल जेली,प्रपोलिज लगायतका उत्पादनको प्रयोगले प्राणघातक क्याक्सर देखि दीर्घरोगहरु निको भएको सञ्चालक क्लोनले जानकारी दिए । हामीले यसलाई औषधि भन्दैनौं उनले भने हाम्रो क्लिनिकबाट प्रदान गरिने बस्तुले ठुला ठुला रोग समेत निको हुने छ । ८ लाखका लगानीमा सुरु गरिएको सो क्लिनिकमा ३० प्रकारका औषधिजन्य सामाग्री रहेका छन् ।
विरामीको अबस्था हेरेर उपयुक्त हुने बस्तु प्रदान गरिने ब्लोनले बताए । औषधिजन्य उक्त बस्तुले क्याक्सर,छालाको रोग,पिनास,मधुमेह,उच्च रक्तचाप,मुखको समस्याको उपचार हुने उनको भनाई छ । विशेष गरी औषधिजन्य पर्दाथको सेवन र थेरापी गरेर रोग निको बनाइने क्लोनले बताए । उद्घाटन कार्यक्रममा एपीलाइफ इन्टरनेशनलका बजार व्यवस्थापक टुक बहादुर कटुवाल,प्रशिक्षक रामशरण थापा लगायतको सहभागिता रहेको थियो ।








