• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक १५, २०८३
☰
आइतबार, कार्तिक १५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ३. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ४. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ५. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ६. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ७. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ८. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ९. विदेशी फूलको आयात रोक्न किसानको माग

  • १०. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

अल्लोका सामाग्री बिक्न महोत्सव नै कुर्छन व्यापारी

  •   मङ्गलबार, पुष २७, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । मंगलबार चितवन महोत्सव अवलोकन गर्न आएका गीतानगरका रामनाथ वाग्ले अल्लोबाट उत्पादित सामाग्री बिक्रीको स्टलमा भेटिए । टोपीका सौखिन रामनाथले आफुले लगाइरहेको ढाकाको टोपी खोले र अल्लोबाट बनेका दुई तिन वटा टोपी पहिरिए । विभिन्न रंगका टोपी लगाउँदै ऐना हेर्दै गरेपछि ती मध्य एउटा रोजे । पैसा तिरेर प्याक गरिसकेपछि उनको मन फेरिएछ उनले अर्को टोपी रोजे । “बुट्टे टोपी राम्रो देखिए झै लाग्यो र किनेको तर अलि अलि ऊन मिसिएको हुन्छ बुट्टेमा भन्नुभयो त्यसैले फेरी सादातिर मन मोडियो ,”वाग्लेले भने ।

    रामनाथले अल्लोको टोपी किन्नकै लागी मंगलबार महोत्सव आएको बताए । सोमबार उनका जहान परिवार महोत्सव घुमिसकेका थिए । श्रीमतीले अल्लोबाट बनेका टोपी पनि रहेछन् भनेपछि उनी मंगलबार हानिएर महोत्सव पुगेको बताए ।“ हिजै श्रीमतीले लैजान पनि सक्थिन् तर मलाई अरुले छानेको रंग र साइजमा चित्त बुझ्दैन,” उनले भने ,“यहाँ आएपछि आफैले रोजेर लिन पाइयो नि ।”उनीसंग यस अघि पनि महोत्सवकै बेला किनेका अल्लोका दुइवटा टोपी रहेछन् ।

    अल्लोका सामग्री मेला महोत्सवमा मात्र पाइने अनुभव रहेको उनले सुनाए । “यस अघि पनि महोत्सवमै किनेको थिएँ,अरुबेला बजारमा खोज्छु तर पाउँदिन, ”उनले भने ।भरतपुर ४ देखि आएका देवि प्रसाद शर्माले पनि अल्लोबाट बनेको टोपी किने । उनीसंगै आएका उनका परिवारले उनका लागि राम्रो देखिएको टोपी रोजिदिए । खाँदबारी, संखुवासभादेखि चितवन महोत्सवमा स्टल राख्न आइपुगेका नरेन्द्रकुमार राईले आफ्नो स्टलमा अल्लोका सामाग्री किन्न युवा तथा प्रौढ दुबैले चासो देखाएको बताए ।

    स्टलमा टोपी,क्याप, महिलाहरुले भिर्ने ह्याण्डब्याग,पर्स तथा अल्लोबाट बनेको थान कपडा बिक्री लागि राखिएकाछन् । महोत्सवमा स्टल राख्दा प्रचार प्रसार हुने भएकाले टाढादेखि आएको उनले बताए । “मेला महोत्सवहरुमा सामान लिएर जान थालेको निकै वर्ष भयो ,”राईले भने ,“यसरी लैँजादा फरक ठाउँका मान्छेले पनि हाम्रो उत्पादनबारे थाहा पाउँछन् र सम्पर्क गरेर पछि पनि सामान मगाउँछन् । ” चितवन महोत्सवमा भने उनी पहिलो पटक आएको बताए । उनको स्टलमा केही किशोरीहरु आइपुगे । उनीहरुले ह्याण्डब्याग हेर्दै थिए ।

    गैंडाकोटबाट आएकी सुस्मिता कंडेलले स्वदेशी सामान उपभोग गर्ने ट्रेण्ड युवामा बढेकाले आफुलाई मिल्ने केही पाइन्छ की भनेर हेरेको बताइन् । चितवन महोत्सवमा अल्लोबाट बनेका सामाग्रीका दुईवटा स्टल छन् । दाङबाट आएकी शर्मिला पुनले चितवन महोत्सवमा स्टल राख्न आएको यो चौथो पटक भएको बताइन् । अल्लोबाट बनेका सामाग्रीको प्रवद्र्धन मेलाबाटै भएको उनी बताउँछिन् । उनको स्टलमा अल्लोबाट बनेका कोट,ज्वारी कोट,,स्कूल ब्याग, महिलाले बोक्ने ह्याण्ड ब्याग,पर्स, कि—रिङ, ढाड दुख्दा बान्ने कम्मर बेल्ट जस्ता सामाग्री राखिएकाछन् । अघिल्ला महोत्सवमा सामान थोरै ल्याउँदा गुनासो रहने गरेकाले यस पटक धेरै ल्याएको उनले बताइन् ।“

    हाम्रा सामाग्रीहरु धेरै बिक्ने भनेकै मेला महोत्सवहरुमा हो,”उनले भनिन्,“नियमित विक्रीको वातावरण बनाउन अझै प्रवद्र्धन गर्नुपर्छ ।” साना उद्यमहरुको प्रवद्र्धनका लागि सरकारले सहयोगि भूमिका खेल्नुपर्ने उनले बताइन् । पूर्वी नेपाल देखि पश्चिम नेपाल सम्मका व्यवसायी जुट्ने थलो बनेको चितवन महोत्सवको बुधबार समापन गरिँदै छ ।कोरोना महामारीको संक्रमण फैलन सक्ने भन्दै महोत्सव सुरु भएको चौथो दिनमै समापन गरिने भएको हो ।

    न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन
    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ३.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ४.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ५.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ६.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.