• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक १५, २०८३
☰
आइतबार, कार्तिक १५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ३. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ४. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ५. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ६. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ७. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ८. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ९. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • १०. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

घट्दैछ चराको सङ्ख्या चितवनमा

  •   शुक्रबार, पुष ३०, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गरिएको चरा गणनामा चराको सङ्ख्या घटेको देखिएको छ । गणनाका क्रममा नयाँ प्रजातिका चरा भेटिएनन् भने सङ्ख्या पनि कम देखिएको जनाएको हो । नेपाल पक्षीविद् सङ्घ वाग्मती प्रदेश संयोजक वासु विडारीका अनुसार यस वर्ष २०६ प्रजातिका चरा गणना गरिएको छ । यीमध्ये ५५ प्रजाति पानीमा आश्रित चरा रहेका छन् । जसमध्ये सात हजार १९८ वटा चरा गणना गरिएको थियो । दुई सय छ प्रजातिका चरा गणना गर्दा १२ हजार ७७७ चरा भेटिएका थिए । गणनाका क्रममा धेरै देखिनेमा चखेवा प्रजातिका चरा रहेका थिए । उहाँका अनुसार गत वर्ष नदेखिएका पाँच प्रजाति यस वर्ष देखिए पनि नयाँ प्रजाति भने देखिएन ।

    गत वर्षको गणनामा चार हजार ४१५ चखेवा देखिएकामा यस वर्ष तीन हजार ७९३ वटा मात्रै चखेवा देखिएका छन् । यसैगरी जलकौवा गत वर्ष एक हजार ४२१ देखिएकामा यस वर्ष ५४० वटा मात्रै देखिएको विडारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “प्रजाति नघटे पनि सङ्ख्या भने घटेको छ ।” उहाँका अनुसार गत वर्षको गणनामा २३७ खोया हाँस देखिएकामा यस वर्ष २५७ मात्रै भेटिएका छन् ।

    गत वर्ष नदेखिएका तर यस वर्ष देखिएका चरामा लामठुडे हाँस, सिन्दुरे हाँस, नादुन हाँस, कैलो टाउके हाँस र प्रवालपाद हाँस रहेका छन् । गत वर्ष देखिएका तर यस वर्ष नदेखिएका चराहरुमा सिदुरे डुबुल्की चरी, चित्राङ्ग, कालो टाउके गङ्गाचिल, राजगङ्गा चिल र ग्रेटर ह्वाइट फन्टेड कुज रहेका छन् । नेपालमा ८८७ प्रजातिका चरा पाइन्छन् भने तीमध्ये ६४२ प्रजातिका चरा चितवनमा पाइने गर्दछन् ।

    नेपालमा हरेक वर्ष जनवरी १ देखि १६ तारिखसम्म जलपक्षी गणना गर्ने गरिन्छ । नेपालका १५ ठाउँका ६० वटा सिमसार खण्डमा जलपक्षी गणना गरिन्छ । जनवरी १ बाटै कोसी नदी, घोडाघोडी ताल र शुक्लाफाँटाका तालतलैयामा गणना थालिएको थियो । चितवनमा भने जनवर ५ देखि गणना गरिएको हो । अन्य क्षेत्र समयानुकूल मिलाएर गणना गरिएको छ ।

    चितवनका बिसहजारी ताल, बाटुली, कुमाल, टिकौली, सत्रहजारी ताल, नहर क्षेत्र, लोथर खोलादेखि कसराघाटसम्मका विभिन्न क्षेत्र, निकुञ्जभित्रका लामिताल, तमोर ताल, पटना ताल, भण्डाराको मत्स्यपालन, बुढी राप्तीको चित्रसारी पुलबाट राप्ती दोभानसम्म चरण गणना गरिएको थियो । राप्ती नदीको घठगाईदेखि गोलाघाटसम्म, नारायणीको पूर्वी भङ्गला, नारायणीकै गाँजापुरदेखि गोलाघाटसम्म र दिव्यनगरका घोल एवं फाँटलगायत आसपासका क्षेत्रमा पनि चरा गणना गरिएको थियो ।

    वर्ड एजुकेशन सोसाइटी, नेपाल पक्षीविद् सङ्घ, हिमालयन नेचर, राष्ट्रिय प्रकृति संरक्षण कोष, चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती सामुदायिक वनको सहकार्यमा गणना भएको छ । गणनामा बाइनाकुलार क्यामेरा, जिपिएस, साउण्ड रेकडरलगायतको प्रयोग गरी चराको गणना गरिएको थियो ।

    न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन
    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ३.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ४.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ५.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान

    • ६.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.