• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक १५, २०८३
☰
आइतबार, कार्तिक १५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ४. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ५. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ६. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ७. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ८. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ९. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • १०. विदेशी फूलको आयात रोक्न किसानको माग

धुर्मुस सुन्तलीलाई पक्राउ गरी छानविन गर्न अख्तियारमा उजुरी

  •   आइतबार, माघ ०२, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । गौतमबुद्ध अन्तराष्ट्रिय क्रिक्रेट रंगशाला निर्माण गर्छु भनेर लागेको धुर्मुस सुन्तली फाउण्डेशन विरुद्ध अख्तियारमा उजुरी परेको छ । आयोजना वीचमानै अलपत्र पारेर हिसावकिताव सार्वजनिक नगरेको भन्दै सत्यतथ्य छानविन गर्न माग गर्दै उजुरी परेको हो ।
    वाग्मती प्रदेश क्रिकेट संघका कोषाध्यक्ष तथा क्रिकेटका राष्ट्रिय प्रशिक्षक(एनआएस) अनिल अधिकारीले उनीहरुविरुद्ध आर्थिक अपचलन र ठगी गरेको भन्दै पक्राउ गरी छानविन गर्न माग गर्नुभएको छ ।
    चितवनको भरतपुर १५ मा अन्तराष्ट्रिय क्रिक्रेट रंगशाला निर्माण गर्ने भन्दै रकम उठाएर फाउण्डेशनले निर्माणकार्य अपूरो छोडेको छ ।
    अधिकारीले भन्नुभयो,“हामीले पटक पटक मापदण्ड र लागतमा ध्यानाकर्षण गरायौँ तर उहाँहरुले सुन्नुभएन। अहिले आयोजना अलपत्र पार्ने र कति रकम उठ्यो भन्ने सम्मको पारदर्शी हिसाव किताव सार्वजनिक नगरेपछि उजुरी दिएको हुँ ।”
    दुई पृष्ठ लामो निवेदन हस्तलिखित उजुरी अधिकारीले आइतबार बिहान अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल काठमाडौँमा दर्ता गराएको जानकारी दिनुभयो ।
    फाउण्डेशनले पर्याप्त आर्थिक स्रोत नभएको भन्दै रंगशालाको जिम्मेवारी लिन भरतपुर महागनरपालिकालाई पत्राचार गरिसकेको छ । तर कामको मूल्याङ्कन गर्दा जम्मा १४ प्रतिशत काम सकिएको इन्जिनियरको प्रतिवेदन रहेको बताइएको छ । महानगरलाई पत्राचार गरेपनि हालसम्म फिल्डमा कुनै काम भएको छैन ।

    अधिकारीले फाउण्डेशनले देश विदेशमा रहेका नेपालीहरुबाट चन्दा संकलन र भरतपुर महानगर लगायतबाट ५७ करोड भन्दा बढी रकम उठाई हाल सो रंगशालाको सरकारी इन्जिनियरबाट मूल्याङ्कन गर्दा १४ प्रतिशत पनि निर्माणकार्य पूरा नगरी उल्टै सरकार, नेपाली जनतालाई आरोप प्रत्यारोप गरी १७ करोड उल्टो ऋण संस्थाले तिनुपर्ने रकम देखाएको उल्लेख गर्नुभएको छ । समाजसेवाका नाउँमा रकम उठाएर ठगी गर्न नपाउने भन्दै उहाँले सत्यतथ्य छाविन गर्न माग गर्नुभएको हो ।

    नेपाल क्रिक्रेट संघलाई समेत नजरअन्दाज गरी रंगशाला निर्माण गर्ने र भारत पाकिस्तानको खेल खेलाउछु भन्दै कहिले रुदै कहिले हाँस्दै प्रोपगाण्ड गर्दै चन्दा र आर्थिक सहयोग उठाउदै सामाजिक अभियान्ता वनि कलाकारको जीवनशैलीमा पटक पटक विभिन्न ठाउँबाट टिकाटिप्पणी भएपनि कुनै सरोकारवाला निकायले चासो नदिएको उनको भनाई छ । उजुरीको चाँडै सुनुवाइ सहित आवश्यक छानविन गरी सत्यतथ्य वाहिर ल्याउन उहाँको माग छ ।

     
    भरतपुर महानगरपालिकासँगको समन्वयमा ३ अर्वमा रंगशाला निर्माण गर्ने लक्ष्य सहित काम थालिएको थियो । तर रकम पर्याप्त नभएको भन्दै १७ करोड ऋण रहेको देखाई फाउण्डेशनले भरतपुर महानगरलाई पत्र लेखेको थियो । स्वामित्व लिन पत्र पठाएपनि फिल्डमा भने कुनै काम हुन सकेको छैन ।

    न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन
    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ४.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ५.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान

    • ६.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.