• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक १५, २०८३
☰
आइतबार, कार्तिक १५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ३. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ४. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ५. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ६. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ७. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ८. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ९. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • १०. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तुका लागि घाँसे मैदान व्यवस्थित गरिँदै

  •   सोमबार, माघ ०३, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    कावासोती । वन्यजन्तुका लागि घाँसे मैदान व्यवस्थापनको काम सुरु गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गतको नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वनमा घाँसे मैदान व्यवस्थापन गर्न थालिएको हो । उक्त सामुदायिक वनले आधुनिक मेसिनको प्रयोग गरी घाँसे मैदान व्यवस्थापन गर्न थालेको छ ।

    घाँसे मैदान क्षेत्रका बुट्यान, पुराना खरघारीलगायत मिचाहा प्रजातिका झारलाई हटाउन थालिएको वनका अध्यक्ष नरबहादुर महतोले बताउनुभयो । घाँसे मैदान व्यवस्थापनका लागि कावासोती नगरपालिकाले उपकरण अनुदानमा सहयोग गरेको हो । घाँसे मैदान व्यवस्थापन गरे वन्यजन्तु बस्तीतर्फ आउनबाट रोकिने र बालीनालीमा हुने क्षति न्यूनीकरणमा सहयोग पुग्ने विश्वास लिइएको अध्यक्ष महतोले बताउनुभयो । गैँडा, मृग, चित्तललगायतका वन्यजन्तुलाई चरन क्षेत्र निर्माणका लागि घाँसे मैदान व्यवस्थापन गर्न सुरु गरिएको उहाँले बताउनुभयो ।

    निकुञ्जमा रहेका वन्यजन्तु बासस्थान र आहाराको अभावमा बस्तीमा पस्न थालेपछि वन क्षेत्रभित्रनै घाँसे मैदानको व्यवस्थापन गर्ने कामको थालनी गरिएको हो । उचित चरनको बासस्थानको अभावमा वन्यजन्तु मध्यवर्ती आसपासका बस्तीमा परेर जनधनको क्षति पु¥याउने गर्दा यहाँका बासिन्दा त्रासमा बस्नुपर्ने अवस्था छ । ‘वन्यजन्तु आहाराको खोजीमा बस्तीमा नआउन, वनभित्र नै उपयुक्त बासस्थान होस् भनेर घाँसे मैदान व्यवस्थापन गरिरहेका छौं’ गुन्द्रही वनका अध्यक्ष नरबहादुर महतोले बताउनुभयो ।

    घाँसे मैदानका कारण गैँडा,मृग, हरिणलगायतका वन्यजन्तुलाई आहाराका लागि सहज हुने उहाँले बताउनुभयो । घाँसे मैदान व्यवस्थापन पर्यटकीय दृष्टिकोणले पनि महत्वपूर्ण रहेको छ । घाँसे मैदानको निर्माण र व्यवस्थापनसँगै यहाँ गैँडालगायतका वन्यजन्तुको वासस्थान र चरन क्षेत्र बन्ने र जिप सफारी, हात्ती सफारीमा आउने पर्यटकले यस क्षेत्रमा सहज रुपमा वन्यजन्तु अवलोकन गर्नसक्ने अध्यक्ष महतोले बताउनुभयो ।

    घाँसे मैदानसँगै गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वनले सीमसार क्षेत्रकोसमेत व्यवस्थापन गर्दै आइरहेको छ । यस क्षेत्रमा गैँडा, मृग, हरिण, चराचुरुङ्गीलगायतको सङ्ख््यामासमेत वृद्धि हुने अपेक्षा गरिएको छ ।

    न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन
    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ३.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ४.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ५.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान

    • ६.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.