चितवन । भरतपुर अस्पतालको प्रवक्ताको जिम्मेवारी वरिष्ठ कन्सल्टेण्ट फिजिसियन डा. गोबिन्द कंडेललाई दिईएको छ । अस्पतालले अर्को व्यवस्था नभएसम्मका लागि डा. कंडेललाई प्रवक्ताको जिम्मेवारी दिएको हो ।
डा. कंडेललाई प्रमुख मेडिकल सुपरिटेन्डेन्टको अनुमति लिएर सूचनाहरु सार्वजनिक गर्ने, कसैले अस्पतालको बिषयमा खास जानकारी मागेको खण्डमा प्रचलित कानुन बमोजिम दिने, सुशासन ऐन २०६४ तथा २०६५ ले तोके बमोजिमका कार्यहरुको जिम्मेवारी दिईएको मेसु डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
यस अघि वरिष्ठ कन्सल्टेण्ट पेडियाट्रिसियन डा.युवानिधी वसौला अस्पतालको प्रवक्ता थिए । उनको स्थानमा अहिले डा कंडेललाई जिम्मेवारी दिईएको हो । अस्पताल केन्द्रिय अस्पतालमा स्तरोन्नती भएपछि प्रवक्ता राख्न पाउने व्यवस्था छ ।








