चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले माघ १५ गतेसम्म चितवनमा सञ्चालन भएका सबै हाटबजारहरु बन्द गर्न निर्देशन दिएको छ ।
हाटबजार मात्र होइन, सिनेमा हल, नाचघर, दोहोरी, हेल्थ क्लब, जिमखाना, स्वीमिङ पुल, फुटसल, डान्स बार तथा मेलाहरु सम्पूर्ण भीडभाडजन्य हुने क्रियाकलापहरु बन्द गर्न जिल्ला प्रशासन कार्यालय चितवनले निर्देशन गरेको छ ।
प्रशासनको नियम उल्लंघन गरेको खण्डमा नियमबमोजिम कारबाही हुने चितवन प्रहरीले जनाएको छ ।








