चितवन । पहिरोका कारण अवरुद्ध भएको नारायणगढ–मुग्लिङ सडकखण्ड सुचारु भएको छ ।
नारायणगढ–मुग्लिङ सडक खण्डको इच्छाकामना गाउँपालिका–६ कालीखोलामागएको सुख्खा पहिरो सफा गरी बाटो सुचारु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।
लामो समय सम्म बाटो अवरुद्ध हुँदा सवारी साधनको चाप बढेको भन्दै विस्तारै सवारी साधन चलाउन समेत ट्राफिक प्रहरी कार्यालयले आग्रह गरेको छ ।








