• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक १५, २०८३
☰
आइतबार, कार्तिक १५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ३. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ४. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ५. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ६. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ७. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ८. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ९. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • १०. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

चिसोको सकसमा विपन्न चेपाङ

  •   आइतबार, माघ ०९, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । शरीरमा गतिलो लुगा छैन। च्यातिएको लुगाले चिसो थेग्दैन। अरू उपाय नभएपछि चितवनको राप्ती नगरपालिका १३ पोल्किमकी ५ वर्षीय अरीमा चेपाङको बास जतिखेर पनि अगेना छेवैमा हुन्छ। साँझ परेसँगै चिसो बढेपछि उनी अगेनु ढुकेर बस्छिन्। खाना पकाइसकेपछि पनि उनले आगो छोड्दिनन्। कहिलेकाहीँ आगो ताप्दा ताप्दै निदाउँछिन्। त्यहीँ रापमा रातको चिसो कटाँउछिन् । जाडो छल्न अगेनुको छेउमा सुत्ने बाध्यताको चेपाङ बालबालिकाको बाध्यता हो। जतिखेर पनि उनीहरू आगोको तापमा बस्छन्।

    ओढ्ने–ओछ्याउने लुगा नभएपछि अगेना छेवैमा सुत्छन्। जाडोसँगै सिरेटो बढेपछि आगो वरिपरि झुम्मिएर सुत्ने गर्छन्। दाउरा प्रशस्त पाइने हुँदा उनीहरूका लागि जाडोबाट बच्ने विकल्प नै आगो हो। ‘लुगा नभएपछि आगोमा यसरी नै रात कटाउने हो,’ अरमाकी आमा पोल्किमकी रेविका चेपाङले भनिन्, ‘कपडा किन्न सक्दैनौ। कसैले दिए लाउने हो।’ चिसो बढेपछि चेपाङ समुदाय आगोको तापेर रात कटाउँछन्। आगोको न्यानो पाएर जाडो कटाँउछन्। यसरी आगोमा नजिक सुत्दा बच्चाहरू जल्ने पनि गर्छन्।

    कतिपय जलेको पीडाले कराएपछि मात्रै अभिभाबक ब्युँतिएर थाहा पाउँछन्। राप्ती नगरपालिका–१२ वाक्राङकी पाँच वर्षीया सृष्टि चेपाङको आगोले हात र खुट्टा पोल्यो। तातो खोज्दै जाँदा ६ महिना हँुदा आगोले पोरेर देब्रे हातको बुढी औला छैन। त्यस्तै दाहिने खुट्टामा आगोले पोलेको सामन्य दाग छ। चितवनको पहाडी क्षेत्रमा बसोबास गर्ने चेपाङ समुदायलाई जाडो कटाउने पिरलो छ। बच्चादेखि उमेर ढल्केकाहरू चिसोमा बढी समस्यामा पर्छन्। न्यानो लुगा उनीहरूको लागि सपना हो। किनेर लगाउन सक्दैनन्। न अरुले नै दिन्छन्। आर्थिक अभावले अभिभावक कपडा किन्न सक्दैनन्। फाटेको लुगामा जसोतसो जाडो थेग्छन्। उनीहरूको लागि विकल्प नभएपछि आगो छेवैमा बस्छन्। हरेक वर्ष चेपाङ बालबालिका आगोको सिकार बन्ने गर्छन्।

    राप्ती नगरपालिका १३ का वडा सदस्य लक्ष्मण चेपाङले यो समुदायमा जाडो कटाउन लुगाफाटो किन्न नसक्दा कठ्याङ्ग्रिने गरेको बताए। ‘चिसो बढ्यो आगो नतापी उपाय नै छैन,’ उनले भने, ‘चिसोमा हामी गरिबलाई जिउनै गारोे छ। अरूले सहयोग गरिदेला भन्ने आशावादी छन्।’ चेपाङको घर साँघुरो हुन्छ। साँघुरो ठाउँमा अगेनु छेउमा सुत्दा आगोले पोलिने घटना बर्सेनि हुन्छ। चार महिनादेखि पाँच वर्षसम्मका बालबालिका बढी जोखिममा हुन्छन्। जाडोबाट जोगिनकै लागि आगोको वरिपरि सुत्ने गरेको चेपाङ अभियन्ता केपी किरण शर्माले बताए। अन्नपूर्ण पोष्टमा अनिल ढकालले लेखेका छन ।

    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ३.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ४.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ५.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ६.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.