हेटौँडा । मकवानपुरको थाहा नगरपालिका दुईजनालाई कोरोना भाईरस पुष्टि भएको छ । युएईबाट नेपाल आएको दुईजनामा कोरोना भाइरस पुष्टि भएको हो । थाहा नगरपालिका वडा नंबर ६ निवासी उनीहरु २ जना श्रीमान श्रीमती भएको कोरोना आइसोलेसन वार्ड हेटौँडाका प्रमुख भोलाप्रसाद चौँलागाईले बताए । श्रीमान होटेलमा कुक र श्रीमती भने व्युटि पार्लरमा काम गर्ने उनिहरु ६ दिन अघि थाहा नगर आईपुगेका थिए ।








