चितवन । भरतपुरको रिजालचोक स्थित रहेको मेक्स मि ई-कमर्स ईन्टरनेशनल कम्पनीका सञ्चालक पुष्पराज तिमिल्सिना ठगि मुद्दामा कारागार चलान भएका छन्।
चितवन जिल्ला अदाललले मागेको एक करोड पन्चानब्बे लाख रुपैयाँ धरौटी तिर्न नसकेपछि उनलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
दैलेख जिल्ला आठबिस नगरपालिका वडा ७ तिलेपाटा घर भई हाल जिल्ला चितवन भरतपुर महानगरपालिका तिमिल्सिनाले गैह्रकानूनी रूपमा संस्थाबाट बिभिन्न व्यक्तिहरूलाई आफ्नो संस्थाले राम्रो ब्याज दिन्छ भनी प्रलोभन देखाई झुक्कानमा पारी ठगी गरेको भन्दै प्रहरीले उनीविरुद्ध मुद्दा दायर गरेको थियो।








