• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ३. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ४. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ५. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ६. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ७. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ८. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ९. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • १०. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

नारायणी नदीमा पाँच अर्बको तटवन्धन कार्य शुरु

  •   बिहिबार, माघ १३, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन। वर्षेनी वर्षातको समयमा मानव वस्ती पस्ने नारायणी नदीमा रु. चार अर्ब ७२ करोड बराबरको तटबन्ध निर्माण कार्य शुरु भएको छ । तटबन्धन निर्माणका लागि पहिलो खण्डको बोलपत्र आव्हान भईसकेको हो । बाँकी चार खण्डको आउँदो दुई साताभित्र बोलपत्र आव्हान गर्ने गरी काम अघि बढाईएको छ । सिचाई बिभागका महानिर्देशक शुशिलचन्द्र आचार्यका अनुसार दुई साताभित्र सबै खण्डको बोलपत्र आव्हान भईसक्ने छ ।

    उहाँका अनुसार पहिलो खण्ड भरतपुर महानगरपालिका वडा नं. २६ र २७ मा पर्ने पाँच किलोमिटर ६७२ मिटरको बोलपत्र भईसकेको छ । अन्य खण्डको बोलपत्र प्रकाशनको तयारी गरिएको छ । उहाँले भन्नुभयो “बोलपत्रको आबश्यक प्रकृयागत कामहरु भईरहेका छन् । १०÷१२ दिनमा सबै बोलपत्र प्रकाशन हुन्छ ।”यस अघिको भन्दा भिन्न रुपमा डिजाइन गरेर तटबन्धन बलियो वनाउन लागिएको उहाँको भनाई छ । पहिले तटबन्धनमा ढुङ्गा र जाली मात्र प्रयोग गरिएकोमा अहिले कंक्रिट ब्लक समेत राखेको उहाँले जानकारी दिनुभयो ।

    पाँच खण्डमा विभाजन गरेर बोलपत्र आव्हान गरिंदै छ । हरेक वर्ष बाढीले दुःख दिने गरेको सिसई क्षेत्रको बोलपत्र चाँडो प्रकाशित गरिएको हो । यसै वर्षको वर्षातमा बाढी रोक्न सकियोस् भनेर काम थालिएको हो । नारायणी नदी तटवन्धन व्यवस्थापन आयोजना भरतपुरका सिनियर डिभिजनल इन्जिनियर शिबजी साहका अनुसार कंक्रिटको ब्लक, जाली र साना ठूला ढुंगा राखेर त्यहाँ तटबन्ध गरिंदै छ । तीन मिटरदेखि चार दशमलब पाँच मिटरसम्म उचाईको तटबन्ध गरिंदै छ ।

    अहिले लगाएका ठेक्काको काम तीन बर्ष भित्रमा सम्पन्न हुने छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अर्थ मन्त्रालयबाट बजेट सुनिश्चितता भईसकेकाले अब बहुवर्षिय ठेक्का मार्फत् काम सम्पन्न हुने बताउनुभयो । नारायणी नदी तटबन्ध गरी पश्चिम चितवनलाई सुरक्षित गराउन सम्बन्धित निकायमा निरन्तर रुपमा लागि परेकै कारण उपलब्धी भएको उहाँको भनाई छ । नदी तटवन्धनका लागि गुरुयोजना तयार भएको छ । गुरुयोजनालाई सिंचाई बिभागले स्विकृत गरी अर्थमन्त्रालय पठाएको हो । जसमा चितवन र नवलपरासी तर्फ तटवन्धनका लागि रु २३ अर्ब ५८ करोड ४३ लाख खर्च लाग्ने प्रस्तावित लागत आएको छ ।

    जस मध्य पहिलो चरणमा रु ५ अर्बको कामका लागि बहुबर्षिय खरिद कार्य अघि वढाउन बजेट सूनिश्चितताका लागि अर्थ मन्त्रालयमा फाइल पठाईएको थियो । बर्षातको समयमा ठूलो जोखिम निम्तिने गरेपछि महानगरपालिकाले सम्बन्धित निकायहरुमा ध्यानाकर्षण गराउँदै आएको थियो । केही महिना अघि सोही क्षेत्रका सांसद एवं पूर्ब प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा अर्थमन्त्री र सचिवले सार्बजनिक कार्यक्रममा तटवन्धको काम तत्काल अघि वढ्ने प्रतिवद्यता समेत व्यक्त गरेको प्रमुख दाहालले वताउनुभयो । महानगरपालिकाले विकास वहस नाम दिएर गरेको कार्यक्रममा उर्जा, जलश्रोत तथा सिचाई मन्त्रीको समेत उपस्थिति रहेको थियो ।

    नारायणी नदी तटवन्ध गरिएसँगै पश्चिम चितवनको धेरै भाग सुरक्षित हुने र वगरमा परिणत भएको धेरै जमिन उपयोगमा ल्याउन सकिने प्रमुख दाहालको भनाई छ । बहु बर्षिय आयोजनाको रुपमा सो रकम सुनिश्चित भएसँगै आउँदा वर्षहरुमा थप रकम निकाशा गराउन सहज हुने र गुरुयोजना अनुसार काम सम्पन्न गर्न सकिने उहाँले जानकारी दिनुभयो । गुरु योजनाअनुसार काम हुँदै गर्दा भरतपुर महानगरपालिकाको नारायणी नदी तर्फको सबै भूभाग सुरक्षित हुने छ ।

    बिगत १० वर्ष देखि तटवन्ध थालिए पनि वजेट अभावमा काम हुन नसकेको नारायणी नदी तटवन्धनमा एकै पटक ठूलो रकमको सुनिश्चितता भएको हो । आर्थिक वर्ष २०६६÷०६७ बाट निरन्तर काम भईरहे पनि हाल सम्म रु १ अर्ब ८३ करोड मात्र बिनियोजन हुँदा काम प्रभावकारी हुन सकेको थिएन । नारायणी नदी तटवन्धन व्यवस्थापन आयोजना भरतपुर मार्फत काम हुँदै आएको छ । यस आयोजनाले नारायणी नदीको तटवन्धलाई मुख्य प्राथमिकता दिएर काम गरिरहेको छ । नारायणी नदीले चितवन तर्फ भरतपुर महानगरपालिका र नवलपरासी तर्फ गैंडाकोट, देवचुली, कावासोती, मध्यबिन्दु नगरपालिका एबं बिनयत्रिवेणी गाउँपालिका प्रभावित हुँदै आएको छ ।

    कार्यालयका सिनियर डिभिजनल इन्जिनियर दिनेश पौडेलका अनुसार गुरु योजना अनुसार चितवन तर्फ ३५ किलोमिटर र नवलपरासी तर्फ ५७ किलोमिटर तटवन्ध र स्पर निर्माण गरिने छ । चितवनका लागि रु ९ अर्ब ५५ करोड र नवलपरासीका लागि रु १४ अर्ब ४३ करोड खर्च लाग्ने प्रस्तावित लागत रहेको छ । हालसम्म चितवन तर्फ १५ किलो मिटर र नवलपरासी तर्फ ११ किलोमिटर तटवन्ध गरिसकिएको छ । नदी तटवन्ध गरिदैं गर्दा १ लाख ९८ हजार ६ जना प्रत्यक्ष रुपबाट लाभान्वित हुने छन् ।

    १४ हजार १९ हेक्टर जमिन डुवानबाट बच्ने छ भने कम्तिमा ८० हेक्टर जमिन संरक्षण गरी उपयोगमा ल्याउन सकिने छ । नारायणी नदीमा धेरै वाढी आउँदा १४ हजार ४ सय ३ क्यूविक मिटर प्रतिसेकेण्ड पानीको वहाब रहने गरेको अध्ययनले देखाएको कार्यालयले जनाएको छ । वर्षातको समयमा जिल्ला विपत व्यवस्थापन समितिको बैठक मुख्य रुपमा नारायणीमा आएको बाढीबाट स्थानीयलाई सुरक्षित राख्ने विषयमा केन्द्रीत हुने गर्दछ ।

    न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन
    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    • ४.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ५.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान

    • ६.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.