चितवन । पूर्वी चितवनको रत्ननगरमा हाईटेन्सन लाइन चुँडिदा गोठमा रहेका गाई र बाख्रा मरेका छन्।
इलाका प्रहरी कार्यालय टाँडीका अनुसार विद्युत सट हुँदा रत्ननगर नगरपालिका वडा नम्बर १६ शिवालय टोलका डिल्ली भुजेलको गोठका गाई र बाख्रा मरेका हुन्। कार्यालयका प्रहरी निरीक्षक प्रकाश साहले भुजेलको गोठमा रहेको एउटा गाईको बाच्छी, र बाख्रो मरेको बताए ।
भुजेल सामान्य घाइते भएका छन् ।








