चितवन । मालपोत कार्यालय चितवनको सेवा आज सोमबार १० बजेबाट खुला गरिएको छ । कर्मचारीहरुमा कोरोना भाइरसको संक्रमण देखिएपछि मालपोत कार्यालय भरतपुरको सेवा स्थगन गरिएको थियो ।
मालापोत कार्यालय सूचना जारी गरी आजबाट सबै सेवाहरु सुचारु गरिने जनाएको छ। माघ १० गतेदेखि बन्द रहेको मालपोतका सेवाहरु सञ्चालन भएसँगै सेवाग्राहीहरुको चाप बढ्ने देखिन्छ ।
कोरोना भाइरसको यस्तो अवस्थामा अझै जोखिम रहन्छ । त्यसकारण मालापोत कार्यालय सूचनामा खोप कार्ड अनिवार्य ल्याउन सेवाग्राहीहरुलाई अनुरोध गरेको छ । मोबाइलमा खोप कार्डको फोटो भए पनि हुने मालपोत कार्यालयले जनाएको छ ।








