हेटौंडा। मकवानपुर प्रहरीले ट्राफिक नियम उल्लङ्घन गर्ने ६४ वटा टिपरलाई कारबाही गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर र ट्राफिक प्रहरी कार्यालय मातहतबाट खटिएको प्रहरी चेकिङ्ग टोलीले आइतबार जिल्लाको विभिन्न स्थानमा चेकिङ गर्ने क्रममा ५४ वटा टिपरलाई कारबाही गरेको मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक रिमालका अनुसार, टिपरले ओभरलोड बोकेको गुनासो आएसँगै जिल्लाको विभिन्न स्थामा प्रहरीले छड्के चेकजाँच गर्दा ट्राफिक नियम उल्लङ्घन गरेको पाइएकोले ती टिपरहरुलाई कारबाही गरेको हो ।
प्रहरीले जिल्लाको भीमफेदी गाउँपालिका वडा नम्वर ७, हेटौंडा उपमहानगरपालिकावडा नम्वर १९ नेवारपानी, हेटौंंडा–१५ रातोमाटे, हेटौंडा–११ थानाभर्याङ लगायत स्थानमा चेकजाँच गरेको थियो । सोही क्रममा ट्राफिक नियम उल्लङ्घन गरी ओभर लोड बाक्ने उक्त टिपरलाई कारवाही गरिएको हो ।








