चितवन । चितवनको एक धर्मशालामा एक जना वृद्ध मृत फेला परेका छन् । जिल्लाको भरतपुर महानगरपालिका १ देभघाट स्थित थारु धर्मशालामा पहिचान नखुलेका अन्दाजी ६० वर्षिय वृद्ध मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
घटनास्थलमा सुतिरहेको अवस्थामा वृद्धको शव फेला परेपछि प्रहरीले मृतकको शव पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा पुर्याइएको थियो । मृतकका आफन्त हालसम्म पनि सम्पर्कमा नआएपछि उनलाई सुरक्षित शव गृहमा राखिएको छ ।
सेतो कपाल, लामो सेतो दारी, रातो र हरियो धर्का भएको निलो रंगको ज्याकेट, खैरो स्टकोट र खरानी रंगको सुरवाल लगाएका उक्त हुलिया भएको व्यक्ति कोही कसैको चिनजानको भए निजको आफन्तलाई खवर गरी प्रहरी कार्यालय अथवा जिल्ला प्रहरी कार्यलय चितवनको सम्पर्कमा पठाउन प्रहरीले अनुरोध गरेकोे छ ।








