चितवन ।आज (मंगलबार) माडी नगरपालिकाको आठौं नगरसभा हुँदैछ। नगरसभामा मुख्यतः ऐन, नियमावली र कार्यबिधीहरुमाथि छलफल गरी पारित गर्ने तथा केहि योजनाहरुको शंसोधन तथा रकमान्तर समेत गर्ने कार्यसुची रहेको छ ।
नगरसभा सञ्चालन हुने भएकाले आज मंगलबार नगर कार्यपालिका र वडा कार्यालयहरुमा एकदिन दैनिक कामकाज र सेवा प्रवाह नहुने नगरपालिकाले पूर्वसुचना गरेको छ ।
यसअघि माघ ४ गते हुने तय भएको सो नगरसभा कार्यपालिका विवादका कारण एकपटक स्थगन भएको थियो ।








