• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ४. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ५. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ६. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ७. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ८. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ९. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • १०. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

कोरोना उपचारमा दोहोरो शुल्क असुल्ने सिएमसीको दाउ, १० जनाले गरे उजुरी

  •   मङ्गलबार, माघ १८, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । कोभिड–१९ संक्रमितको उपचार निःशुल्क गरेको भनी चितवन मेडिकल कलेज (सिएमसी) दोहोरो शुल्क उठाउने धन्दामा लागेको छ । कोरोना संक्रमितसँग उपचार खर्च असुलेको सिएमसीले कोरोना संक्रमितको निःशुल्क उपचार गराएको भनी सरकारसँग पनि शोधभर्ना बापतको रकम माग गरेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमार्फत निःशुल्क उपचार नपाउने बिरामीले उजुरी गर्नू भनेर सार्वजनिक रूपमा आह्वान गरेपछि अहिले बिरामीले भटाभट उजुरी गरेका छन् । सिएमसीविरुद्ध मंगलबारसम्म १० जनाले उजुरी गरेको जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिएको छ ।

    उनीहरूले प्रशासन कार्यालयमा सशरीर उपस्थित भएर र इमेलमार्फत उजुरी गरेका हुन् । पीडितहरूले उपचार गराउँदा सिएमसीलाई तिरेको पैसाको बिलसहित उजुरी गरेका छन् । उजुरी गर्नका लागि सिमरासम्मका पीडित चितवन आएका थिए ।

    उक्त उजुरी प्रशासनले हुलाकमार्फत मन्त्रालयमा पठाएको छ । संक्रमितको निःशुल्क उपचार गर्ने विषयमा मन्त्रालय र कलेजबीच सम्झौता भएकाले बाँकी अनुसन्धान मन्त्रालयले नै गर्ने जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी खेमराज पौडेलले बताए ।

    ‘मेडिकल कलेज र मन्त्रालय बीच मात्रै सम्झौता भएको हो । सम्झौता गर्दा हामी थिएनौं । के–के को लिने के–को नलिने भनेर हेर्न हामीसँग विज्ञ पनि छैनन्’, उनले भने, ‘हामीले उजुरी लियौं । अब मन्त्रालयमा पठाउँछौं । बाँकी अनुसन्धान माथिबाटै हुन्छ ।’

    सिएमसीले २०७८ को वैशाख, जेठ र असारमा ९६६ संक्रमितको निःशुल्क उपचार गराएको भन्दै सरकारसँग १० करोड ९५ लाख आठ हजार रुपैयाँ शोधभर्ना बापत रकम माग गरेको छ । एउटा संक्रमितलाई आठ लाख ४० हजारसम्म छुट दिएको दाबी गरेको छ ।

    प्रशासनले ९ माघमा सूचना निकालेर सिएमसीमा निःशुल्क उपचार भए/नभएको सम्बन्धमा सात दिनभित्र उजुरी गर्न आग्रह गरेको थियो । प्रशासनमा सिराहाका मनोज विष्ट, भरतपुर–२० की हिमालक्ष्मी भट्ट, भरतपुर–६ का कृष्णबहादुर भण्डारी, भरतपुर–१६ का हरिचन्द्र बानिया, खैरहनी–९ का भीमबहादुर क्षेत्री, जितपुर सिमराका केशव प्रसाद न्यौपाने, ठेगाना नखुलाइएका तेज प्रजापति र विष्णु श्रेष्ठलगायतले उजुरी गरेका छन् ।

    सिएमसीले आफ्नो निःशुल्क उपचार गरेको भनी सरकारसँग उपचार रकम माग गरेको थाहा पाएपछि सिएमसीविरुद्ध उजुरी गर्न सिमरा जीतपुरका केशव न्यौपाने चितवन आए ।

    सिएमसीमा १७ दिन उपचार गराएपछि कोरोना पोजेटिभ हुँदैमा अब अरूलाई नसर्ने र शरीरमा पनि थप समस्या नहुने चिकित्सकको सल्लाहपछि उनी घर फर्किएका थिए । उनले सिएमसीलाई उपचार खर्च बापत आठ लाख बुझाएका थिए ।

    पैसा नतिर्दा आफूलाई सिएमसीले डिस्चार्ज नै नदिएको उनले स्मरण गरे । ‘उपचार खर्च नतिर्दासम्म मलाई डिस्चार्ज नै दिएको दिइएन । तिरेपछि मात्रै घर गएको हो । तर अहिले सिएमसीले निःशुल्क उपचार गरेको भनेर सरकारसँग पैसा मागेको रहेछ’, उनले भने ।

    सिएमसीले भने कोरोना संक्रमण हुनुअघि र मुक्त भएपछिको मात्रै उपचार खर्च लिएको दाबी गरेको छ । केशवको उपचार गराए बापत सिएमसीले सरकारसँग दुई लाख ५५ हजार रुपैयाँ मागेको छ ।

    भरतपुर महानगरपालिका–१२ का मानबहादुर रजाली मगर र उनकी श्रीमती टुकमाया रजाली मगर दुवैजना कोरोना संक्रमित भई सिएमसीमा उपचार गरे । झन्डै १० लाख खर्च भयो ।

    तर, अस्पतालले निःशुल्क उपचार गरेको भनी आफ्नो नाममा रकम मागेको थाहा पाएपछि उनी पनि प्रशासनमा उजुरी दिन गए । सिएमसीले मानबहादुरको उपचार बापत १२ दिनको एक लाख ८० हजार र टुकमायाको उपचार बापत नौ दिनको एक लाख ३५ हजार मागेको छ ।

    सरकारले कोरोना संक्रमितको उपचार गर्दा आइसोलेसनमा बसेको दैनिक दुई हजार, एचडियूमा बसेको ३५ सय र आइसियु तथा भेन्टिलेटरमा बसेका बिरामीको उपचारमा दैनिक १५ हजारमात्रै लिन पाउने व्यवस्था गरेको थियो । सिएमसीले भने एचडियूको प्रतिदिनको सात हजारसम्म लिएको छ । कुलप्रसाद काफ्ले/न्युज कारखाना

    न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन
    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ४.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ६.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.