चितवन । चितवनमा जग्गाधनी पुर्जा वितरण गर्न सुरु भएको छ । इच्छाकामना गाउँपालिकाबाट पुर्जा वितरण गर्न सुरु भएको छ । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले इच्छाकामना गाउँपालिकाका केही भू्मिहीनहरूलाई आज जग्गा धनी पुर्जा वितरण गरेकी हुन् ।
उनले इच्छाकामनाका ३६ घर परिवारलाई जग्गाधनी प्रमाण पुुर्जा वितरण गरेकी थिइन् । हालसम्म करिब १२ हजार घर परिवारलाई जग्गा धनी पूर्जा वितरण गरी सकिएकोे उनले दावी गरिन् ।
यसैबीच आजै भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठको उपस्थितीमा राष्ट्रिय भूमि आयोग र चितवन जिल्लाको इच्छाकामना गाउँपालिकाबीच भूमिहिन दलित, भूमिहिन सुकुम्वासीलाई जग्गा वितरण गर्ने र अव्यवस्थित बसोबासीको व्यवस्थापन सम्बन्धमा कार्य सहमतिपत्रमा हस्ताक्षर समेत भएको छ ।








