• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ४. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ५. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ६. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ७. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ८. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ९. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • १०. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

दुई जिल्लाबाट नारायणीको संयुक्त अवलोकन, तटबन्धका कार्य थाल्ने मेयर पौडेलको प्रतिवद्धता

  •   शनिबार, माघ २२, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवन र नवलपरासी (बर्दघाट सुस्ता पुर्व)का सुरक्षा अधिकारीको संयुक्त टोलीले नारायणी नदीको कटान र यसको बहावले पार्ने असरको फिल्डमै पुगेर अध्यन गरेको छ । गैँडाकोट नगरपालिका प्रमुख छत्रराज पौडेलको नेतृत्वमा चितवन र नवलपुरका प्रमुख जिल्ला अधिकारी प्रहरी प्रमुख सहितको टोलीले ज्ञानेश्वर सामुदायीक वन क्षेत्रमा पुगेर त्यहाँबाट गैँडाकोट र चितवन तर्फको नदी किनारको अवस्था र पानीको बहावको मुल्याकंन गरेको हो ।

    नदी किनारमा बिगतमा गरिएको तटबन्धको काम, त्यसले कटान र डुवान न्युनिकरणमा भएको सफलता संगै गैँडाकोट तर्फको जमिन संरक्षणका लागि कसरी काम गर्ने भन्ने बिषयमा दुबै क्षेत्रको भुगोलको अध्यन गरी छलफल गरिएको गैँडाकोट नगर प्रमुख मेयर छत्रराज पौडेलले बताए ।वर्षा सुरु हुनु पुर्वनै नदीको क्षेत्रको अध्ययन गरेर सम्भावित जोखिमलाई रोक्नका लागि आवस्यक रणनिति बनाउन सहज होस भन्ने उद्देश्यका साथ संंयुक्त अनुगमन गरिएको पौडेलको भनाई छ ।

    जोखिमयुक्त स्थानहरुमा सुरक्षाका विधी अबलम्वन गरी बेलैमा तटबन्ध गरेर नदीलाई आफनै धारमा पठाउन सके त्यसले चितवन र नवलपरासी दुबै जिल्लालाई कटान र डुवानबाट जोगाउन सक्ने देखिएको पौडेलको भनाई छ । अहिले चितवन तर्फ तटबन्धका लागि काम भएकाले नवलपुर तर्फ गैँडाकोट क्षेत्रमा पनि तटबन्ध गरिएन भने नदी वस्ति पस्न सक्ने जोखिम रहेकाले दुबै क्षेत्रका अधिकारीहरु फिल्डमै पुगेर निरिक्षण गरी आवश्यक राय लिईएको पौडेलले बताए ।

    सबैबाट आएको सुझावलाई केन्द्र सरकार र प्रदेश सरकार समक्ष पठाएर गैँडाकोट तर्फ पनी तत्काल तटबन्धका लागि काम गर्न दवाब दिईने पौडलको भनाई छ । चितवनका प्रमुख जिल्ला अधिकारी अश्मान तामाङले नदीको पानीको बाहव कसरी बहिरहेको छ र आगामी दिनमा नवलपुर गैँडाकोट तर्फ र चितवन तर्फ पार्न सक्ने जोखिमलाई कसरी समधान गर्ने भन्ने बिषयमा उचित रायका लागि आफुहरु निरिक्षण गर्न ज्ञानेश्वर वन क्षेत्रको नदी किनारमा पुगेको बताए । सरकारले तटबन्धका लागि टेन्डर आवहन गरी काम गरेकाले अब समस्या सहज हुने उनको भनाई छ ।

    नवलपरासी (बर्दघाट सुस्ता पुर्व)का प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले सबै आधारहरुलाई हेरेर नदीको बहाब बढेर आउदा पनि दुबै क्षेत्रलाई समस्या नहुनेगरी नदी संरक्षणका लागि काम अगाडी बढाउनु पर्ने बताए । फिल्ड निरिक्षण पछि राज्य सरकारलाई प्रभावकारी सुझाव दिन सकिन्छ भन्ने उद्देश्यका साथ दुबै जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख सहितको संयुक्त टोलीले निरिक्षण गरेको गँैडाकोट वडा नम्वर ५ का अध्यक्ष नवराज कंडेलले बताए ।

    गैँडाकोट र चितवनतर्फ दुबै क्षेत्रमा नारायणी नदीको हालको अवस्था र त्यसले आगामी असार साउनमा नदीको बहाव बढेर पार्न सक्ने जोखिम र त्यसलाई कसरी बेलैमा समाधान गर्न सकिन्छ भन्ने बिषयमा पनि अनुगमनमा छलफल भएको उनि बताउँछन् ।

    न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन
    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ४.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    • ५.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ६.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.