• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ४. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ५. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ६. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ७. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ८. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ९. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • १०. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

कन्या क्याम्पसमा बुहारीको आकर्षण

  •   सोमबार, माघ २४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । 56 यहाँको मैयादेवी कन्या क्याम्पसमा बुहारीको आकर्षण देखिएको छ । क्याम्पसमा ७० प्रतिशतसम्म विवाहित (बुहारी) हरुले अध्ययन गर्ने गरेका छन् । विवाहपछि परिवारबाट सुरक्षित ठानिएपछि बुहारीहरुको आकर्षण बढेको हो । क्याम्पसका प्रमुख डा.विश्वराज सुवेदीका अनुसार स्नातकोत्तरमा ७० प्रतिशत छात्राहरु विवाहित छन् । स्नातकमा यो प्रतिशत ४० भन्दामाथि छ ।

    कक्षा ११ र १२ मा पनि विवाहित छात्रा आउने गरेको सुवेदीले जानकारी दिनुभयो । क्याम्पसमा शिक्षा, मानविकी, व्यवस्थापन र नर्सिङ पढाई हुँदै आएको छ । हाल एक हजार ५०० विद्यार्थी अध्ययनरत छन् । महिला सशक्तिकरणका लागि उच्च शिक्षा भन्ने नाराका साथ क्याम्पस स्थापना भएको हो । समाजसेवी मैयादेवी श्रेष्ठले भरतपुर महानगरपालिका वडा नं. १०मा १२ कठ्ठा जमिन खरिद गरी भौतिक निर्माण गरेर क्याम्पस सञ्चालनमा आएको हो ।

    बि.सं. २०५४ साल असोज १६ गते स्थापना भएको यस क्याम्पसमा शुरुवाती चरणमा व्यवस्थापनमा १२ जना र शिक्षामा ३० जना विद्यार्थीले अध्ययन गर्दथे । यी दुई संकायमा स्नातक तहको पहिलो वर्षमा ३७६ जना विद्यार्थी पुगेका छन् । प्रमुख सुवेदीले भन्नुभयो “विवाहितलाई यो क्याम्पस सुरक्षित महसुस हुने गरेको छ । परिवारले पनि यही पढाउने चाहना गर्न थालेको पाईएको छ ।” त्यसो त तराई क्षेत्रबाट समेत विद्यार्थी आउने क्रम बढेको सुवेदीले जानकारी दिनुभयो ।

    उहाँले थप्नुभयो “यहाँ चितवनसहित २५ जिल्लाका विद्यार्थी छन् । तराईमूलका विद्यार्थी आउने क्रम बढेर गएको छ ।” महिलाहरुको मात्रै पढाई हुने हुँदा विवाहित र तराईका छात्राको आकर्षण बढेको हो । केही वर्ष अघिसम्म विद्यार्थीको अभावमा प्राध्यापक कर्मचारीले लामो समय पारिश्रमिक नपाउने समस्या रहेको थियो । क्याम्पस सञ्चालक समितिका अध्यक्ष टंकनाथ पौडेल ११ महिनासम्म तलब खुवाउन नसकेको विगत सम्झँदै भन्नुहुन्छ “म अध्यक्ष भएपछि प्राविधिक सहितको कार्यक्रम थप गर्ने, गुणस्तरमा सुधार ल्याउने जस्ता कार्यले आकर्षण बढेको हो ।” समाजसेवी एवं राजनीतिक मैयादेवी श्रेष्ठको नामले पनि धेरैलाई आकर्षित गरेको उहाँको भनाई छ ।

    स्वच्छ वातावरणमा गुणस्तरीय शिक्षा र भेदभावरहित छात्रावृत्तिले पनि थप आकर्षण गरेको पौडेल बताउनुहुन्छ । उहाँले थप्नुभयो “यो क्याम्पस सबै हिसाबबाट उत्कृष्ट बन्दै गएको छ । गुणस्तरीय शिक्षाले गर्दा विगतमा झै विद्यार्थी खोज्दै हिड्नु पर्ने अवस्थामा अन्त्य भएको छ ।” अन्यत्र जस्तो विद्यार्थी राजनीतिका कार्यक्रम यस क्याम्पसमा कम हुने गर्दछ । यसले गर्दा पठनपाठन प्रभावित नहुने र गुणस्तरीय शिक्षा दिन सकिएको पौडेलको भनाई छ ।

    क्याम्पसले रु. १ करोड २५ लाखको छात्रवृत्ति अक्षयकोष स्थापना गरेको छ । आउँदो वैशाखसम्ममा कोषमा रु.१ करोड ४० लाख पु¥याईदै छ । पौडेलले भन्नुभयो “हामी छात्रालाई आवश्यकता अनुसार निष्पक्ष ढंगबाट छात्रावृत्ति वितरण गर्दछौं ।” क्याम्पसका छात्रा दुई पटक देशमै उत्कृष्ट भएको र धेरै पटक जिल्लाप्रथम भएको भन्दै उहाँले यहाँबाट उत्कृष्ट भएका सात जना छात्रा यही प्राध्यापक रहेको जानकारी दिनुभयो । क्याम्पसमा प्राध्यापक कर्मचारी गरी ७५ जनाले रोजगारी पाएका छन् ।

    क्याम्पसमा छात्रावास र यातायातको सुविधा समेत दिएको छ । क्याम्पसले त्रिवि अनुदान आयोगद्वारा गुणस्तर सुनिश्चितता चक्र (क्युएए साईकल) पूरा गरेको छ । प्रमाणपत्र पाउन बाँकी छ । जिल्लामा अन्य तीन क्याम्पसले मात्रै यो चक्र पूरा गरेका छन् । हालसम्म मैयादेवी र क्याम्पसकै आम्दानीबाट चल्दै आएको यस क्याम्पसमा यसवर्ष बागमती प्रदेश र भरतपुर महानगरपालिकाले आर्थिक सहयोग गरेका छन् ।

    प्रशासकीय भवन, पुस्तकालय, ईलाईब्रेरी, मोज्याक टाईल लगायतमा सहयोग प्राप्त भएको पौडेलले बतानुभयो । क्याम्पसको संस्थापक संरक्षक सुश्री मैयादेवी श्रेष्ठ रहनु भएको छ ।

    न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन
    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ४.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    • ५.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ६.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.