चितवन । कालिका नगरपालिकामा रहेका खोला तथा कुलाहरुबाट अबैध रुपमा गिटिबालुवा उत्खनन् रोकिएको छैन । कालिका नगरपालिका वडा नम्बर ३ र ७ को सिमानमा रहेको कुलोबाट अबैध गिटि तथा बालुवा उत्खनन गरेको पाईएको हो ।
एक स्थानियका अनुसार स्थानियले पटक पटक जानकारी गराउँदा पनि सरोकारवालाहरुले ध्यान दिन सकेका छैनन् । कुला र खोलाहरुबाट दिनहुँ गिटि तथा बालुवा निकाशी भईरहेको उहाँले जानकारी दिनुभयो । यहाँबाट निकालिएका गिटि बालुवाहरु बेचबिखन हुँदै आएको उहाँले जानकारी दिनुभयो । सो बिषयमा स्थानिय जनप्रतिनिधिहरु बेखबर रहेको बताउँदै आएका छन् ।
कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठ “गोपि”ले केही मात्रामा निकालेको हुन सक्ने बताउनुभयो । उहाँले भन्नुभयो “खोला नालामा हेर्न भ्याईदैन कुलाबाट निकालेको भए बुझैला ।”









