देवघाट तनहुँ । तनहुँको देवघाट गाउँपालिका वडा नम्बर १ गोपिटारमा श्रीपञ्चमीको अवसरमा गोपिटार युवा क्लबद्वारा आयोजित खुल्ल पुरुष भलिबल खेल प्रतियोगिताको उपाधी ढोडेनी युवा क्लबले उचालेको छ। फाइनल खेलमा आयोजक गोपिटार युवा क्लबलाई सोझो सेटमा पछि परेको थियो। पाचौं दिन सम्म सञ्चालन भएको प्रतियोगितामा २० टिमको सहभागिता रहेको थियो भने प्रथम स्थान हासिल गर्न सफल ढोडेनी युवा क्लबले नगत ३० हजार सहित मेडल र प्रमाणपत्र िद्वतिय स्थान हासिल गर्न सफल गोपिटार युवा क्लबलाई नगत २० हजार सहित मेडल र प्रमाणपत्र र तृतीय स्थान हासिल गर्न सफल कालिकाटार युवा क्लब १० हजार सहित मेडल र प्रमाणपत्र प्रदान गरिएको कार्यक्रम संयोजक अर्जुन गुरुङले जानकारी दिनुभएको थियो।
सो कार्यक्रमका प्रमुख अतिथि देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाले कार्यक्रमलाई सम्बोधन गर्दै खेलकुद क्षेत्रका सवै खेलहरुले मानिसको मानसिक र शारीरिक दुवैलाई स्वास्थ्य र तन्दुरुस्त राख्न महत्त्वपूर्ण भुमिका रहने बताउदै दुव्यसनी कुलतमा लागेका ब्याक्तीहरुलाई पनि खेलकुदले सहि मार्गतिर डोर्याउन सकिने उहाँले बताउनुभयो। साथै अध्यक्ष थापाले खेलकुद बिकासको निम्ति सवै संघ संस्थाहरु संग समन्वय गरि अगाडि बढ्ने समेत बताउनुभयो।
कार्यक्रममा देवघाट १ नम्बर वडा अध्यक्ष भिम बहादुर गुरुङ,नेपाली काङ्ग्रेसका जिल्ला सदस्य खम्बासिङ्ग राना,देवघाट १ नम्बर वडाका नेकपा पार्टी इन्चार्ज मणीराज गुरुङ,देवघाट ५ नम्बर वडाका समाजसेवी युवा ब्याक्ती अर्जुन अधिकारी,देवघाट गाउँपालिका अ.ने.मा.संघका सचीव उपाध्यक्ष जुलिमायाँ सारुमागर,देवघाट १ नम्बर वडा नेकपा अध्यक्ष थम बहादुर झ्यारिमगर,देवघाट १ नम्बर वडाका नेपाली काङ्ग्रेस पार्टी सभापति मुक्ति थापामगर लगाएको उपस्थिति रहेकोे थियोे।साथै सो कार्यक्रम सुर्य गुरुङले सञ्चालन गरिएको थियो भने संस्थाका अध्यक्ष रुमकुमार गुरुङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।








