चितवन । प्रहरी प्रधान कार्यालयले ३ जिल्लाका प्रहरी उपरीक्षक (एसपी) को काज सरुवा गरेको छ। शुक्रबार प्रधान कार्यालय, नक्सालले चितवन, महोत्तरी र बर्दियाका प्रहरी प्रमुखको काज सरुवा गरेको हो ।
यससँगै चितवनमा एसपी नवराज अधिकारी आउने भएका हुन्। हाल चितवनमा कार्यरत ओम अधिकारीलाई अख्तियारमा सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
त्यस्तै बर्दियामा रहेका इश्वर कार्की प्रहरी प्रधान कार्यालय र महोत्तरीमा रहेका दिनेश आचार्यको अपराध महाशाखामा सरुवा भएको छ ।








