• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ४. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ५. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ६. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ७. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ८. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ९. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • १०. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

रत्ननगरका किसानलाई गोबर मल खरिदमा ५० प्रतिशत अनुदान

  •   सोमबार, फागुन ०२, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनको रत्ननगर नगरपालिकाले किसानहरुलाई गोबर मल खरिदमा ५० प्रतिशत अनुदान दिएको छ । रासायनिक मलको प्रयोग कम गर्दै किसानहरुलाई प्राङ्गारिक खेती तर्फ आर्कषित गराउन सो नगरपालिकाले किसानहरुलाई गोबर मल खरिदमा ५० प्रतिशत अनुदान दिएको हो । त्यसको लागि नगरपालिकाले ५० लाख रुपैया विनियोजन गरेको छ । एक टेलर मलको तीन हजार देखि तीन हजार ५०० रुपैया सम्म खरिद विक्री हुँदै आएको छ । सो नगरपालिकाले एक टेलर मल खरिदमा एक हजार ५०० रुपैया उपलब्ध गराउने छ ।

    एक विघा जग्गा क्षेत्रफल हुने किसानले चार टेलरको अनुदान पाउने छन । एक विघा जग्गाको लागि गोबर मल खरिद गर्न किसानले ६ हजार रुपैया अनुदान रकम पाउने मेयर नारायण वनले बताए । नगरपालिकामा सुचिकृत भएका पशुपालन फर्महरुबाट किसानहरुले गोबर मल खरिद गर्नुपर्ने छ ।

    त्यसका लागि अहिले सम्म १० वटा पशुपालन फर्म सुचिकृत भएका छन् । नगरपालिकामा आयोजित कार्यक्रममा मेयर नारायण वन,उपमेयर विमला दुवाडी र प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले नगरपालिकाले किसानलाई मल उलपब्ध गराउन पशुपालन र्फमलाई लेखेको पत्र किसानलाई हस्तान्तरण गरेका थिए । सो अबसरमा मेयर वनले रासायनिक मलको प्रयोग घटाउन गोबर मल खरिदमा अनुदान दिएको बताए । हामीले किसानलाई अनुदानमा गाई दिएका छौं उनले भने पशुपालनलाई कृषिसंग जोडेर उत्पादन बढाउने हाम्रो लक्ष्य हो ।

    अन्नबालीमा रासायनिक मलको प्रयोगका कारण प्राणघातक रोगको सिकार हुनु परेको भन्दै अर्गानिक उत्पादन गरेर स्वास्थ्य सुरक्षा गर्ने अर्को उद्देश्य रहेको मेयर वनले बताए । कार्यक्रममा उपमेयर विमला दुवाडीले वाली लगाउने बेला हुने मलको हाहाकारबाट किसानलाई मुक्ति दिलाउन गोबर मलमा अनुदान दिएको बताइन । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पौडेलले माटोको उर्भराशक्ति संरक्षण गरेर उत्पादन बृद्धि गर्ने योजनाका साथ नगरपालिकाले नयाँ कार्यक्रम सुरु गरेको बताए ।

    कार्यक्रममा आर्थिक विकास समितिका संयोजक गुप्तनाथ भट्टराई,कृषि विकास शाखा प्रमुख प्रविण लामा लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा वडाध्यक्षहरु शंकर सिंह तामाङ,तिलक राज शर्मा,रविन्द्र चौधरी,बलराम दाहाल,राजन भट्ट,विनोद बस्नेत,केशव आचार्य,विरबहादुर पाख्रिन,चित्रबहादुर भण्डारी,होमनाथ लामिछाने,हेमराज थापा,कार्यपालिका सदस्य मिना गिरी लगायतको सहभागिता रहेको थियो ।

    न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन
    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ४.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ६.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.