चितवन । विश्व हिन्दु युवा संघको प्रथम राष्ट्रिय सम्मेलनको तयारी स्वारुप आज सचिबालय स्थापना गरिएको छ । विश्व हिन्दु महासंघ चितवनको कार्यालयमा सचिबालय स्थापना गरिएको हो । यही फागुन ८ गते देखि हुने सम्मेलनको तयारी तिब्र पारिएको संघका केन्द्रिय सदस्य एबं चितवन अध्यक्ष घनश्याम पौडेल श्यामले जानकारी दिनुभयो ।
उहाँका अनुसार फागुन १० गते सम्म चल्ने सो सम्मेलनको तयारीका लागि केन्द्रिय अध्यक्ष सहितको टोली जिल्लामा रहेको छ । टोलीले स्थान छनोट र प्रतिनिधि छनोटको काम सम्पन्न गरि सकेको छ ।
करिब ७ सय प्रतिनिधि सहभागी हुने सो सम्मेलनले हिन्दु राष्ट्रका लागि बहस हुने छ ।








