हेटौडा । हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले महिला आयआर्जन समूह गठन गरेको छ। मकवानपुरगढी–४ मा एकता महिला आयआर्जन समूह गठन गरिएको हो । समूहको चालु आव ०७६÷०७७ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार गौरी सुवेदीको अध्यक्षतामा १७ सदस्यीय महिला समूह गठन गरिएको हो । समूहको सचिवमा कल्पना चौलागाई र कोषाध्यक्षमा सरस्वती योन्जन चयन भएका छन । समूहमा आवद्ध गरिव तथा जनजाती उपभोक्ताहरुको आर्थिक स्थितिमा सुधार ल्याउने उद्धेश्यका साथ महिला समूह गठन गरिएको समूहले जनाएको छ । वन समूहका अध्यक्ष कृष्ण विडारीको अध्यक्षतामा विहिवार बसेको बैठकले समूह गठन गरेको हो ।समूहले महिला समूहलाई वीउ पूँजी उपलव्ध गराउने समूहकी सचिव नानीमाया रुम्वाले बताईन ।कार्यक्रममा वन समूहका कर्मचारी हरिचन्द्र सापकोटा, सिर्जनशिल समाज बचत तथा ऋण सहकारीकी व्यवस्थापक विमला न्यौपाने, स्थानीय लगायतको सहभागीता थियो ।








