चितवन । प्रहरी हिरासतमा रहेका थुनुवाहरु लक्षित निशुल्क स्वास्थ्य सिविर सम्पन्न भएको छ । समुदाय प्रहरी साझेदारी अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय चितवन र जिल्ला सरकारी अस्पताल भरतपुरको समन्वय र सहकार्यमा जम्मा ४८ जना थुनुवाहरुको स्वास्थ्य परीक्षण गरिएको हो ।
मौसम परिवर्तन सँगै आम नागरिकहरुको स्वास्थ्यमा सामान्य समस्या देखिने भएकोले विभिन्न मुद्दाहरुको अनुसन्धानको क्रममा हिरासतमा थुनामा रहेको थुनुवाहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै उनीहरुको स्वास्थ परिक्षण गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।








