• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ६. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ७. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ८. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ९. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • १०. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

वर्षामा संकलन गरेको पानीले हिउँदे बाली सिँचाई, तरकारी बेच्दै किसान

  •   सोमबार, फागुन ०९, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    तेह्रथुम । तेह्रथुम जिल्लाको छथर गाउपालिका ६ का घनश्याम ढकाललाई केहीवर्ष अघिसम्म खानेपानी जोहो गर्न सकस हुँदै आएको थियो ।

    पशुचौपया र सिँचाईको कुरै भएन । करेसाबारीमा तरकारी उत्पादन हुँदैन थियो । नजिकै रहेको शुक्रबारे बजारबाट तरकारी किनेर खानुको विकल्प नै थिएन । तर,अहिले अवस्था फेरिएको छ ।

    आफ्नै करेसाबासीमा तरकारी उत्पादन गरी बिक्री समेत गर्दै आएका छन् । खानेपानी कै अभाव भएको बस्तीहरुमा प्लाष्टिक पोखरीमा बर्खादमा पानी जोहो गरी हिउँदमा सिँचाई गर्न थालेपछि अबस्था फेरिएको हो । ढकाल बर्खाका परेको पानी यही पोखरीमा संकलन गर्ने गरेका छन र हिउँदमा तरकारी,फलफुलमा सिँचाई गर्दै आएका छन् । ‘पानीको मुहान सुक्दै जाँदा खानेपानी कै समस्या थियो तर स्थानीय सरकारले अनुदानमा प्लाष्टिक पोखरी दिएपछि सिँचाई गर्न ठूलो राहत बनेको छ’, उनले भने ।

    ढकाल भन्छन् ‘हामीले खानेपानी नै समस्या थियो तरकारीमा सिँचाई गर्न त झन परैको कुरा तरकारी किनेरै खानु पथ्यो तर, हामी अहिले तरकारी बेच्न थालेका छौ ।’ ढकाल जस्तै  गुमान सिंह कार्कीले प्लाष्टिक पोखरीमा पानी जोहो गरी तरकारीमा सिँचाई गर्दै आएका छन् ।

    करेसाबासीमा अकबरे,आलु,प्याज,लसुन लगायतका तरकारी खेती गर्दै आएक छन् ।

    गाउँमा रहेका निक्कै प्रसिद्ध धारा तथा कुवाहरु सुक्ने क्रम दिनानु दिन बढ्दो छ । तेह्रथुम जिल्लाको खासगरी सुख्खाग्रस्त क्षेत्रमा पानीको मुहान सुक्दै गएपछी खानेपानीको समस्या झेल्दै आएका नागरिकहरु । स्थानीय सरकारको पहलमा सञ्चालन भएका खानेपानी आयोजनाले मानिसले खान टरेपनि बस्तु चौपया र सिचाँईका लागी भने समस्या भईरहेको बेला यहाँका किसानहरुले नयाँ जुक्ती निकालेका हुन्।

    पानी कै अभावका कारण सिँचाई गर्न नसक्दा तरकारी किनी खाने यहाँका किसानहरु अहिले तरकारी बिक्रीबाटै मनग्य आम्दानी लिन थालेका छन् । गाउँका प्रायजसो घरमा प्लाष्टिक पोखरी बनाएका छन् । पानी पर्दा घरको छतबाट झर्ने पानी पाईपबाट पोखरीमा संकलन गर्ने गरेका छन् । हिउँदे बालीका लागी पानी नभए पनि बर्षादको पानी संकलन गरी सिँचाई सकिने यहाँका किसानले उदाहरण दिएका छन् ।

    सुख्खाग्रस्त क्षेत्रका किसानहरुलाई लक्षित गरी कार्यक्रम ल्याइएको छथर गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले बताए । स्थानीय सरकार गठन भए देखी नै नागरिकहरुका समस्यालाई मध्यनजर गर्दै बिभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको तिगेलाको भनाइ छ ।

    गाउँपालिकाले कृषकको साझेदारीमा पोखरी अनुदानमा प्रदान गर्दै आएको कृषी शाखा प्रमुख छथर हिमबहादुर थापाले बताए । किसानलाई समय समयमा तरकारी तथा फलफुल खेती सम्बन्धी बिभीन्न कार्यक्रमहरुका साथै सल्लाह र परामर्श दिँदै आएको प्रमुख थापाको भनाई छ ।

    जिल्लाको खासगरी पश्चिमी क्षेत्रमा प्लाष्टिक पोखरी प्रभावकारी बन्दै गएको छ । आङदिम, हमरजुङ, पञ्चकन्या, फाक्चामारा, ओख्रे र सुदाप लगायतका गाउँहरुमा पोखरी बनाई किसानले सिँचाई गर्दै आएका छन् ।

    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने
    विदेशी फूलको आयात रोक्न किसानको माग
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ६.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको

    भर्खरै

    • १.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • २.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ४.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    • ७.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • ८.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.